इजरायलमा नेपाली चेली बनिन् ‘उत्कृष्ट केयरगिभर’

१० हजार शेकेलको पुरस्कार प्राप्त

Published Date: December 24, 2018

एन आइ न्यूज इजरायल, प्राय जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् । विगत एक दशक भन्दा वढी इजरायलमा रोजागारी गर्दै आउनुभएकी विर्तामोड झापाकी नेपाली चेली जानु लम्साल इजरायलमा रहेका सम्पूर्ण केयरगिभर कामदारहरुमा उत्कृष्ट कामदार भई ठूलो इजरायली नगद पुरस्कारबाट पुरस्कृत भएकी छिन । उनलाई १० हजार शेकेल (इजरायली मुद्रा) प्रदान गरिएको छ ।

गत २० नोभेम्वर मंगलवार इजरायली गैर सरकारी संस्था हिस्ताद्रुतले इजरायलमा कार्यरत सम्पूर्ण केयरगिभिर कामदारहरुबाट छनौट गरी उनलाई उत्कृष्ट केयरगिभरको उपमा दिदै शो राशी प्रदान गरिएको थियो । हिस्ताद्रुतले उत्कृष्ट चिकित्सक र उत्कृष्ट समाजसेवी पनि छनौट गरी पुरस्कार प्रदान गरेको थियो ।

विशेष गरी इजरायल सरकारले नेपाल, भारत, फिलिपिन्स, रसिया, थाइल्याण्ड, श्रृलंका, मोल्दोभा, कम्वोडिया लगायतका विभिन्न मुलुकहरुबाट केयरगिभर कामदारहरु आयात गर्ने गर्दछ । हिस्ताद्रुतले विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा लामो समयदेखि राम्रो काम गर्दै आइरहेका कामदाहरुको नामावली संकलन गरेको थियो जसमध्येबाट मध्य इजरायलको राम्लेमा कार्यरत नेपाली चेली जानु लम्साल उत्कृष्ट घोषित भएकी थिइन । उनलाई दाविद रजियल डे क्लवले हिस्ताद्रतमा सिफारिस गरेको थियो ।

हिस्ताद्रुतले कामदारले काम गरिरहेको एजेन्सी, डे क्लव, वेतावोध, सिउदी, कोआखदाम लगायतका संस्थाहरु अन्तर्गत काम गरिरहेका केयरगिभर कामदारहरुको बारेमा विस्तृत रुपमा जानकारीहरु संकलन गरेर ती संघ संस्थाहरुको समन्वयमा छनौट गरेको थाहा हुन आएको छ ।

हिस्ताद्रुतले २४ डिसेम्वर सोमवार एक कार्यक्रमको आयोजना गरी उत्कृष्टहरुलाई ससम्मान सो पुरस्कार राशी प्रदान गरेको थियो ।

सन् १९२०मा  स्थापना गरिएको हिस्ताद्रुत इजरायलको सबैभन्दा पुरानो र ठूलो कामदारहरुको संगठन हो । जसले इजरायल देशको स्थापनाको निम्ती प्रमुख भुमिका खेलेको थियो भने हिस्ताद्रुत इजरायलमा कार्यरत स््वदेशी तथा विदेशी कामदारहरु, सेवा अवधी समाप्ह्त भई पेन्सिनमा निस्किएका भुतपूर्व कामदारहरुको अधिकारको निम्ती लागि पर्दै आइरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...