आज इशाइहरुको विशेष पर्व क्रिशमस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

Published Date: December 25, 2018

आज क्रिसमस डे । क्रिश्चियन धर्मका प्रवद्र्धक येशु ख्रिस्टको जन्मोत्सव नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीहरुले चर्चमा प्रार्थना गरी विभिन्न कार्यक्रमहरुको आयोजना गरी धुमधामका साथ क्रिशमस डे मनाउँदैछन् ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ भने केही देशहरूमा यो दिवश डिसेम्बर २४ मा पनि यो पर्व मनाउने गर्दछन्

क्रिशमसको अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायतका पर्यटकिय स्थलहरुमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएका छन्।

यस पर्वको अवसरमा येसुको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गर्ने गरिन्छ।

नेपालमा क्रिस्चियन इतिहास चार सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रिस्टियन महासंघले दावा गरेको छ । नेपालमा झन्डै ३८ लाख इसाई धर्मावलम्बी रहेको अनुमान पनि गरिएको छ ।

क्रिसमसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले इसाइ धर्मावलम्बीको पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले शुभकामना दिँदै बहुभाषिक तथा बहुधार्मिक देश नेपालको संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गराएको बताएका छन्। उनले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरूको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

क्रिसमसको पूर्वसन्ध्यामा सोमबार राति काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थलमा विशेष महोत्सवको आयोजना गरिएको थियो।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...