रवि ओड नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै आमाको मृत्यु

Published Date: December 26, 2018

धनगढी २६ डिसेम्वर –  नेपाल आइडल सिजन २ का विजेता रवि ओडकी आमाको आज विहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थाहा हुन आएको छ ।

करेन्टलागेपछि घाइते भएकी ओडलाई सेती अञ्चल अस्पताल र्पुयाइए लगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर जान भ्याएका थिएनन् । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले सेती अञ्चल अस्पतालका चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...