क्यान्सर रोगका कारण मृत्यु भएकी मैती शेर्पाको विषयको समाचारप्रति एनआरएनए इजरायलको प्रतिक्रिया

Published Date: December 26, 2018

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन-एनसिसी) इजरायलले एवान नेपाल डट कममा गए राती छापिएको “गत शनिवार इजरायलबाट स्वदेश फर्किएपछि निधन भएकी शेर्पाको परिवारद्वारा सम्प्रेसित समाचारप्रति रोष प्रकट” शिर्षकको समाचारमा प्रतिक्रिया जनाएको छ ।

एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले क्यान्सर रोगका कारण मृत्यु भएकी मैति शेर्पालाई एनआरएनए इजरायलले सहयोग रकम जबर्जस्ती नदिइएको भन्दै प्रतिक्रिया दिएकी हुन । उनले पिडितले प्रक्रिया पुरा गरी एनआरएनएको सचिवालयमा सहयोगकालागि निवेदन पेश गरे पछि  एनआरएनएले रोगको प्रकृती हेरी यस प्रकृतीका अन्य पिडितलाई सरह शेर्पालाई सहयोग उपलव्ध गराएको भन्दै पिडितले पेश गरेको निवेदन (तस्विरमा हेर्नुहोस) एवान नेपाल डट कमलाई उपलव्ध गराएकी छिन । यद्यपी मृतक शेर्पाकी वहिनीले सहयोग आवश्यक नभएको भएपनि संस्थाले अरुलाई दिईरहेको सहयोग सबैले लिइराखेको छ लिनुस भनी अध्यक्ष छिरिङ शेर्पाले भनेपछि सहयोग लिएको समाचारमा बताएकी थिइन । वहिनी मिग्मा शेर्पाले सानोतिनो सहयोग भएपनि एनआरएनले गरेको सहयोगको लागि धन्यवाद प्रकट गरिन् ।

एनआरएनएले स्व. मैती शेर्पाको गत जुनमा अप्रेसनको क्रममा लिएको भिडियो सार्वजनिक गरेको विषयमा मृतक शेर्पाको अनुमतिमा भिडियो सुट गरिएको बताएको छ । यस विषयमा मृतक शेर्पाकी वहिनी मिग्मा शेर्पाले दिदीलाई संस्थाको रेकर्डमाल राख्न र राजदूतावासमा देखाउने भन्दै भिडियो सुट गरिएको भएपनि दिदिले नै सोही क्रममा भिडियो वाहिर सार्वजनिक नगरिदिन अनुरोध गरेको बताइन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...