ह्योल्मो समाज इजरायलले २१४६औं सोनाम ल्होसार मनाउदै

Published Date: January 15, 2019

गएका बर्षहरु जस्तै ह्योल्मो समाज इजरायलले यस बर्ष पनि  राष्ट्रिय कलाकारहरुको साथमा  २१४६औं सोनाम ल्होसार भब्य रुपमा मनाउने तयारी गरेको छ ।

समाजले आगामी ८ फेब्रुवरी २०१९ शुक्रबार तेल अभिवको Yagia Kapayim-१० स्थित EVENTO HALL (इभ पार्टी प्यालेसको छेउमा) मा  नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु  चर्चित सेलो गायक सुमन घले, हाँस्य कलाकार  दावा दोर्जे ह्योल्मोको साथमा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने जानकारी दिएको छ ।

पुरानो ल्हो कुकुर (खी) बर्गको बिदाइ र नयाँ ल्हो फा (सुगुर) बर्गलाइ स्वागत गरिने उक्त कार्यक्रम शुक्रवार साँझको ठिक ७ बजेदेखि शुरुवात गरिने उक्त कार्यक्रममा उपस्थितीको लागि आयोजकले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु, इजरयालमा सक्रिय नेपाली अनलाइन मिडियाकर्मीहरु लगायत स्वदेश बिदेशका सक्रिय मिडियाकर्मीहरु इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुमा हार्दिक अनुरोध गरेको छ ।

सुचना तथा अनुरोध !!!

टशिदेलेक !!
ह्योल्मो समाज इजरायल द्वारा २१४६औं सा मो फा ल्हो सोनाम ल्होसार नेपाल बाट चर्चित सेलो/स्याब्रु/म्हेंदो माया गायक सुमन घले र हाँस्यकलाकार एवं म्युजिक कम्पोजर रचनाकार कभर सिंगर दावा दोर्जे ह्योल्मो को समुस्पतिथिमा यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै )भव्यताका साथ पुरानो ल्हो कुकुर 🐕( खि ) बर्गलाई लाइ बिदाइ नया ल्हो फा 🐖(सुङ्गुर ) बर्गलाइ स्वागत संगै संयुक्त देर्का (ल्होसार बिशेष सामुहिक भोज ) सम्पन्न गरिने अन्तिम चरणमा पुगेको छ ।
हिमाली ह्योल्मोहरुको पुर्खौ देखि मनाउदै आएको रास्ट्रिय नेपाली पर्व तथा ह्योल्मो आदिवासीहरुले मान्दै आएका नया बर्ष सोनाम ल्होसार बिगत १२ बर्ष देखि इजरायलको तेल अविव शहरमा पनि मान्दै आएको पर्व गत बर्षहरुमा जस्तै यस बर्ष पनि धार्मिक सांस्कृतिक र पराम्पारिक तामझामका साथ् ८ फेब्रुवरी २०१९ शुक्रबार मनाउने भएको छ यस बर्ष धेरै समुदायहरुको कार्यक्रमहरु जुध्न सक्ने सम्भावना भए पनि तिथि मिति र परम्पराको को आधार र समयलाई मद्धेय नजर गर्दै ह्योल्मो समाज इजरायलले उक्त मिति तय गरेका हुन् गत बर्ष शनिबार ल्होसार गर्दा धेरै ह्योल्मो समुदायको गुनासोहरु रहेको हुँदा यसपाली भने शुक्रबार नै पार्ने र संयुक्त देर्का रहेको हुँदा स्वदेशमा ल्होसार मनाउन नपाइ मन दुखि पार्नु भएका ह्योल्मो आजि न्होमो आद न्होहरुलाई मन दुखि नपार्न र समयमै छुट्टी मिलाई ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ ह्योल्मो समाज इजरायल द्वारा आयोजित सोनाम ल्होसार साँझ तथा देर्का कार्यक्रममा सहभागी भै शुभकामना आदान प्रदान, माया साटसाट, सामुहिक स्याब्रु (नृत्य ) तथा सामुहिक पारम्परिक नाचगान को साथमा डिजे संगितमा मनोरंजन गर्नको लागि इजरायलमा कार्यरत सम्पूर्ण ह्योल्मो आदिवासि समुदाय लगायत सम्पूर्ण नेपाली समुदायहरुमा सार्बजनिक रुपमा ह्योल्मो समाज इजरायल हार्दिक आव्ह्वान साथै अनुरोध अग्राह गर्दछौ ।
थुज्यिछे !! 🙏🙏
नोट : इजरयालमा सक्रिय नेपाली अनलाइन मिडियाकर्मी ज्यूहरु लगायत स्वदेश बिदेशका सक्रिय मिडिया कर्मी ज्यूहरुलाई यसै सुचनाको आधारमा समाचार तथा सूचना प्रवाह साथै इजरायलमा रहनु हुने प्रतिनिधि ज्यूहरुले प्रत्यक्ष उपतिस्थि भै कार्यक्रमलाई सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध आग्रह गर्न चहान्छौ !
थुज्यिक्षे !

( ह्योल्मो समाज इजरायल परिवार )

आकस्मिक सम्पर्क तथा मिडियाको लागि थप जानकारी लिन परेमा तल उल्लेखित नाम मद्धे जो कोहीलाई सम्पर्क गर्न सक्नु हुनेछ !

अध्यक्ष
Pemba Dolma Hyolmo
प्रमुख सल्लाहकार
बुझुङ लोप्साङ ङिमा ह्योल्मो
महासचिव
Sonam Hyolmo
सचिव
समिर लामा श्याङ्बा



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...