माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Published Date: February 27, 2019

प्यूठान फागुन १४ । माण्डवी गाउँपालिका प्यूठानले आर्थिक वर्ष २०७५÷०७६ को दास्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका सन्चालन गरेका योजना तथा गाउँपालिकाले प्रदान गरेका सेवा सुविधाबारे सार्वजनिक सुनुवाइ गरीएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको समन्वयमा युथ मिडिया डेभलपमेण्ड सेन्टर नेपालको सहजिकरणमा गाउँपालिकाले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो । सुनुवाइमा प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले गाउँपालिकाले माघ मसान्तसम्म वित्तिय प्रगतितर्फको प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा सेवाग्राहीको प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले गाउँपालिकाले नेपाल सरकारको नियम अनुसार लिएको र अति बिपन्न परिवारलाई एकिकृत सम्पती करमा शतपतिशत छुट दिएको बताउनुभयो । अन्यत्र सेवाग्राहिलाइ कर थोपरेको आरोप लागिरहेका बेला उहाँले जवरजस्त कर नथोपारेको जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासमा एकिकृत सम्पती करबाट भएको आम्दानी सबै ६५ लाख रुपैया शैक्षिक क्षेत्रको बिकासमा खर्च गरेको छ । उक्त आम्दानी माण्डवी गाउँपालिकाका सबै सरकारी बिद्यालयमा दिएको अध्यक्ष रोकाले बताउनुभयो । गाउँपालिकाले कृषकहरुका लागी पनि १५ लाख रुपैया अनुदान दिने भएको छ ।

ब्यवसायिक पशुपालन तथा तरकारी खेती गर्ने किसानलाई प्रति किसान ५० हजारको दरले बितरण गर्ने अध्यक्ष रोकाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले उठेका जिज्ञासा माथि जवाफ दिदै आफूहरुबाट भए गरेका कमिकमजोरीहरु सच्याई आगामी दिनमा अझ जिम्मेवार भइ जनताको सेवामा लाग्ने सार्वजनिक प्रतिवद्धता समेत गर्नुभएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...