देशभरको मौसम बदली

Published Date: February 27, 2019

काठमाडौं १५ फागुन । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविदको पूर्वानुमान छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ ।

मौसमविद मन्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमतिरका सबै जिल्लामा पानी परिरहेको छ । चितवन र बारामा पनि डिस्टर्ब छ । बिराटनगरमा छिटपुट वर्षा भएको देखिन्छ अब बिस्तारै माथितिर सर्दै काठमाडौंमा पनि पानी पर्छ । लुक्लामा पनि पानी परेको छ ।’

पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात पनि भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...