पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

Published Date: February 27, 2019

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर बुधवार दिउँसो दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

तेह्रथुम जिल्लाको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।
उक्त हेलिकप्टरमा पर्यटन मन्त्रीसहित ६ जना सवार थिए।

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार रहेका बताइएको  छ। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
खराव मौसमका कारण उद्दारमा जान कठिनाइ भइरहेको प्रहरीले बताएको छ। 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...