हेलिकप्टर दुर्घटनास्थलमा पाँच वटा शव भेटिए (अपडेट)

Published Date: February 27, 2019

काठमाण्डाै – ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेकाहरु जीवितै भेटिने सम्भावना कम देखिएकाे छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ । 

‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’, जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

पाथिभराबाट उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो । 

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल र यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पासहित ६ जना रहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभभएको छ । Source : Ujyaalo Online



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...