हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

Published Date: February 27, 2019

काठमाडौ  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको बताइएको छ ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

ताप्लेजुङस्थित चुहान डाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको स्थानीयलाई बताएका छन्।

उद्वार कार्यका लागि प्रमुख जिल्ला अधिकार सहितको टोलि द्घटनास्थल पुगेको छ । प्रधानमन्त्री कार्यलयमा अहिले आकस्मिक बैठकको तयारी भइरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...