इजरायलमा संसदिय निर्वाचन : नेतान्याहु पाँचौ पटक प्रधानमन्त्री बन्ने पक्का

Published Date: April 10, 2019

मंगलवार इजरायलमा भएको संसदिय निर्वाचनमा कुनै पनि पार्टीको वहुमत आउन सकेन । १ सय २० सदस्यीय इजरायली संसद (क्नेसेट)मा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र प्रमुख प्रतिस्पर्धी पूर्व सैनिक बेन्नी गान्जको व्लु एण्ड ह्वाईट पार्टी दुवैले स्पष्ट बहुमत भने प्राप्त गर्न सकेनन् । नेतान्याहुको लिकुड पार्टीले हालसम्म ३६ सिटमा जीत हासिल गरेको छ भने गान्जको व्लु एण्ड ह्वाइटले ३५ सिट मात्र दर्ज गराउन सफल भएको छ । मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो ।

यससँगै नेतान्याहु वा गान्ज दुवैले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । सरकार गठनको अंकगणितलाई हेर्ने हो र साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अहिलेको अवस्थामा लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ । सरकार गठन गर्न क्नेसेटमा ६१ सदस्य आवश्यकता रहने अवस्थामा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीहरु गरी ६५ स्थानमा विजय हासिल गरेका छन् यससँगै यसअघि चार पटकसम्म सरकारको नेतृत्व गरेका नेतन्याहुले इजरायलको इतिहासलाई पछ्याउदै इजरायलका संस्थापक डेभिड बेन गुरिअन बराबर सत्ता सम्हाल्ने छन् ।

नेतन्याहू १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । इजरायलको ७० वर्षे इतिहासमा एउटै पार्टीले बहुमत ल्याउन नसक्दा सधै गठबन्धन सरकार बनाउनुपरेको छ ।

प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । “अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु ।”



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...