इजरायल र प्यालेस्टाइनबीच फेरि तनाव, गाजामा थप हवाई आक्रमण तिब्र पार्न नतान्याहुको आदेश

Published Date: May 5, 2019

इजरायल र प्यालेस्टाइनबीच तनाव बढेको छ । प्यालेस्टाइनी चरमपन्थी समुहले शनिवार विहानदेखि इजरायलमाथि रकेट आक्रमण शुरु गरेको हो । आतंकवादी समुहले शनिवार मात्रै करिव ४५० रकेट आक्रमण गरेको इजरायली प्रतिरक्षा सेना (आइडिएफ) ले जनाएको छ । आइडिएफका अनुसार गाजापट्टीबाट आइतवार दिउसो सम्ममा थप २०० रकेट प्रहार गरेको छ । आस्केलोन सहरमा गाजातर्फबाट शनिवार रातभर भएको रकेट आक्रमणमा परी एक ५८ वर्षीय इजरायली नागरिकको मृत्यु भएको छ ।

त्यस्तै आइतवार आस्केलनको एक फ्याक्ट्रीमा भएको रकेट आक्रमणमा परी एक २२ बर्षिय युवकको ज्यान गएको छ भने नजिकै सेदुरोतमा भएको रकेट प्रहारवाट एक ६० बर्षिय ड्राइभरलाई जल्दै गरेको कारबाट उद्दार गरी अस्पताल पुर्याइएकोमा केही छिनमै उनलाई मृत घोषणा गरिएको थियो ।

त्यस्तै गाजापट्टीबाट इजरायलको दक्षिण शहर आस्केलनमा रहेको वर्जिलाई अस्पतालमा पनि रकेट प्रहार भएको बताइएको छ । रकेट प्रहारबाट अस्पतालको अन्कोलोजी युनिटमा क्षति पुगेपनि कसैलाी चोटपटक भने नलागेको थाहा हुन आएको छ ।

आक्रमणको जवाफी कारवाही स्वरुप इजरायली सेनाले गाजापट्टीमा गरेको हवाई आक्रमणमा परी गाजाका दुई आतङ्ककारीसहित छ जनाको मृत्यु भएको प्यालेस्टाइनी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा जनाइएको छ । हवाई आक्रमणमा प्यालेस्टाइनी गर्भवती महिला र उनको बच्चा मारिएको भनि गाजापट्टीका अधिकारीहरुले गरेका दाबीको इजरायली प्रतिरक्षा सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ ।

यसैविच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका छन् । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...