जरो र किलो नेपालमा भएको अन्तराष्ट्रिय शक्ति इजरायल तदर्थ समिति गठन

Published Date: May 9, 2019

इजरायलमा ‘जरो र किलो नेपालमै भएको अन्तराष्ट्रिय शक्ति इजरायल’को गठन गरिएको छ ।

विगत ३ बर्षदेखि जरो र किलो नेपाल प्रतिष्ठान नेपालमा आजिवन सदस्यको रुपमा आवध्द पुर्व नेपालको झापा स्थायी घर भई रोजगारीको शिलशिलामा इजरायलमा रहनुभएकी नम्रता उप्रेतीको संयोजकत्वमा अक्षय तृतियाको शुभदिन पारेर गत सोमवार बसेको एक भेलाले नम्रता उप्रेतीकै समयोजकत्वमा १९ सदस्यिय तदर्थ समिती गठन गरेको छ । समितिको संयोजकमा  नम्रता उप्रेती, सचिवमा तीर्थराज जोशी, कोषाध्यक्षमा अनुष्का कडरिया रहेका छन् भने सदस्यहरुमा क्रमश: पबित्रा बजगाई क्षेत्री, अञ्जिता पौडेल, भिमकुमारी मगर, मिरा दास, सिता पोख्रेल भुषाल, कमला भण्डारी ढकाल, प्रणामी श्रीकृष्ण, सावित्रा लुइँटेल घिमिरे, हरिश खरेल, मेनुका बस्नेत, सुबास थापा, सोमराज पाठक, लोकराज कँडेल,  टिकाराम तिम्सिना, राजन कार्की र सावित्रा गौतम लम्साल रहेका छन् ।

के हो जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति ?

“जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” (द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट) गैरराजनीतिक विश्वव्यापी सामाजिक तथा सांस्कृतिक  संस्था हो । विश्वको जुसुकै कुनामा रहेका मौलिक रैथाने नेपालीहरु प्रवासी भुमिमा रहेर पनि नेपालको मौलिक धर्म, संस्कृति जोगाउन नेपाली नेपालीविच सांस्कृतिक एकता गर्नु पर्छ भन्ने मान्यताको विकाश सम्पूर्ण नेपालीहरुमा गराउन र विश्वभर छरिएर रहेका नेपालीहरुविचको सम्वन्धमा सहृदयता स्थापनमा गर्नको लागि स्थापना भएको हो ।

यसले नेपालमा स्थापित ९ वटा संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । यसको सदस्यता संसारका रहेका सम्पूर्ण देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका व्यक्तिहरुले लिन सक्नेछन् (यदि उनीहरु नेपाललाई नयाँ वैश्विक संरचना को अग्रणी एवं केन्द्र बनाउन सहमत हुन्छन् भने) । हालचाहिँ यसको सदस्यता संसारका सबै देशमा रहेका नेपालीमूलका व्यक्तिहरु (People of Nepali origin) ले लिन सक्नेछन् । अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका अस्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनको सहभागिता यो अन्तर्राष्ट्रिय अभियानमा रहोस् भन्ने मुख्य उद्देश्य यस संस्थाको रहेको जनाइएको छ ।

जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति र जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिविच के भिन्नता  छ ?

यी दुई संस्थाहरु अलग अलग संस्थाहरु हुन् । सैद्धान्तिक हिसाबले समान विश्वदृष्टिकोण भएको हुनाले यी दुई संस्थाहरुबीच थुप्रै कार्यमा सहकार्य हुनु स्वाभाविक भएतापनि यिनीहरुको आ-आफ्नो कार्यक्षेत्र छन् र संस्थाको प्रकृति पनि फरक फरक छन् । मौलिक रैथाने शक्तिले नेपालको राजनीति, अर्थतन्त्र, शिक्षा सहित समष्टि नेपालको नेतृत्वका लागि राजनीतिक अभियानका रुपमा कार्य गर्ने लक्ष्य लिएको छ, जो भविष्यमा राजनीतिक पार्टीका रुपमा विकास हुनेछ । तर अन्तर्राष्ट्रिय अभियान “द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट” चाहिँ सदैव सांस्कृतिक, सामाजिक संस्थाका रुपमा रहनेछ र दलीय राजनीतिबाट पृथक् रहनेछ ।

संसारभरका नेपालीइतर मानवहरुले पनि नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने महाअभियानमा मद्दत गर्न सकून् भन्ने प्रमुख अभिष्टताका साथ  जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको स्थापना गरिएको हो  । जसको केन्द्र अमेरिका रहेको छ भने यसका तदर्थ समितिहरु विभिन्न देशहरुमा गठन भएका छन् । केही देशमा समिति बनाउने काम भैरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...