इजरायली संसद भंग, नयाँ चुनाबको घोषणा – गठबन्धन सरकार बनाउन प्रम नतान्याहु असफल

Published Date: May 30, 2019

एजेन्सीको सहयोगमा

प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले वहुमत पुर्याएर आफ्नो नेतृत्वको सरकार गठन गर्न अंकगणितिय गठजोड तयार गर्न असफल भएपछि इजरायली सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान गरेका छन् ।यससँगै अब इजरायलमा आगामी सेप्टेम्बर १७ मा पुनः संसदिय निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले पछिल्लो महिना भएको निर्वाचनपछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउनका लागि गरेको प्रयास विफल भएको छ । गत अप्रिलमा भएको निर्वाचनमा १२० स्थान मध्ये नेतन्याहूको लिकुड पार्टीले ३५ सिटमा जित हासिल गरेको थियो । नेतन्याहूले पाँचौ पटक प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए तर उनले पूर्व रक्षामन्त्री एविग्दोर लिबरमनसँग सम्झौता गर्न सकेनन् । लिबरमनसँगको सम्झौताविना सरकार बनाउन सम्भव थिएन ।

कार्यवहाक प्रधानमन्त्रीले गठबन्धन बनाउन नसकेको इजरालयको इतिहासमा यो पहिलो घटना हो ।

गठबन्धन बन्न नसक्ने गतिरोधको केन्द्रमा अति–धर्मनिष्ठ यहूदी शिक्षण संस्थानका विद्यार्थीहरुलाई अनिवार्य सैनिक सेवामा मिल्ने छूटको समीक्षा गर्न माग गरिरहेका सांसदहरु थिए ।

गठबन्धन बनाउनका लागि गए रातीको समय सीमा पूरा भएपछि पेश गरिएको संसद भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत पर्यो भने विपक्षमा ४५ सांसद उभिएका थिए ।

संसदमा भएको मतदान पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेतन्याहूले आफुले स्पष्ट चुनावी अभियान चलाएर विजय हाँसिल गर्ने दाबी गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...