अमेरिकाको ओहायोमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) गठन हुदै

Published Date: July 20, 2019

ए१नेपाल अमेरिका। वासिंगटन डी सीमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापना भएको २९ वर्ष पछि बल्ल ओहायोमा यसको गठन हुने भएको छ। ओहायोको पुर्बियउत्तरी भेग(क्लिभल्याण्ड र एक्रोन आसपास)मा  बसोबास गर्ने नेपाली भाषीहरुको सक्रियतामा यसको स्थापना हुन लागेको यसको संयोजन गरिराख्नु  भएका  श्री  रोहित भण्डारीले जानकारी दिनुभयो ।

नेपाली भाषा, साहित्य , कला र संस्कृतिको संरक्षण र संबर्धनमा केहि योगदान होला भन्ने आशा रहेको भण्डारीले बताउनुभयो। ब्यस्त समयका बाबजुद बिदेशी भुमिमा आफ्नो पहिचानका लागी सबैले आ-आफ्नो तर्फबाट थोरै समर्पण गर्न सकेमा बिदेशमै जन्मिने नेपाली सन्ततिहरुले  हामी को हौ र हाम्रो खास पहिचान के हो भनेर सोध खोज गर्ने छन्  र कालान्तरमा त्यो महत्वपुर्ण साबित हुने उहाको भनाइ थियो।

अनेसासको ५ सदस्यीय कार्यसमिति आज जुलाई २० मा नै गठन हुने जनाइएको छ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...