वुद्दका मुर्ति तोडफोडको घटनाप्रति झापाली समाज इजरायलको ध्यानाकर्षण (प्रेस विज्ञप्ति सहित)

Published Date: July 24, 2019

ए1न्यूज इजरायल,

गत साउन २ मा रुपन्देही जील्लाको तिलोत्तमा नगरपालिकाको सडक आसपास राखिएका वुद्दका मुर्तिहरु तोडफोडको विषयलाई लिएर झापाली समाज इजरायलले पनि ध्यानाकर्षण भएको जनाएको छ ।

झापाली समाज इजरायलले  आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै  विश्व शान्तिका  अग्रदुत भगवान गौतम वुद्दको जन्मभुमीमै वुद्दका मुर्तिहरु तोडफोड हुनु अत्यन्तै दुखद रहेको बताउदै । यस किसिमका उद्दण्डित हरकत गरी अशान्ति फौलाउन खोज्ने जो कुनै व्यक्ति वा समुहलाई घटनाको छानविन गरी कडा भन्दा कडा कारवाहीको लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

केही महिनाअघि मात्रै लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले २० वटा बुद्धमूर्ति स्थापना गरेको थियो। तीमध्ये  गत साउन २ गते  नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँचवटा मूर्ति तोडफोड गरिएको हो । तत्पश्चात पश्चात विभिन्न समुदायले घटनाको विरोध गर्दै आइरहेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...