२५ औं विश्व आदिवासी दिवस कार्यक्रममा गोबिन्द छ्न्त्याल ज्यु इजरायल आउँदै

लाखौ मुल्य वरावरका उपहार कार्यक्रम सहित कार्यक्रम गरिदै

Published Date: August 3, 2019

ए1न्यूज इजरायल,

२५ औं विश्व आदिवासी दिवसको कार्यक्रम पारेर  नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख श्री गोबिन्द छ्न्त्याल  इजरायल आउने भएका छन् ।

“विश्वका आदिवासी जनजातिहरु एक होऔं” “आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्धन गरौं ” भन्ने मुल नाराका साथ इजरायलमा रहनु भएका आदिवासी संघ संगठनहरुलाई एकृकित गर्दै सामाजिक, शैक्षिक, र राजनितीक रुपले राज्यले लामो समय देखि विभेदमा परिएको बिषयहरुमा सबै उत्पिडित समुदायहरुलाई सचेत गराउने र एक जुट भएर विभिन्न माध्यम बाट बिरोध गर्दै आफ्नो अधिकारहरु प्राप्त गर्ने उदेश्यले सन् २०१२ मा स्थापना गरिएको नेपाल आदिवासी जनजाति महासंघको इजरायल  शाखा नेपाल आदिवासी जनजाति महासंघ इजरायलले विश्व आदिवासी दिवसको अवसर पारी १६ तारिख शुक्रबार इजरायलको तेलअभिवमा २५ औ विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ ।

तेलअभिवको लेबन्दा मार्ग ३२, तेस्रो तल्लाको एक हलमा संस्थाका केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज  गोबिन्द छ्न्त्याल उपस्थितिमा “अधिकार, प्रतिनिधित्व, र स्वायत्तता, स्वशासनका लागि आदिवासी जनजाति अडान” ” पहिचान सहितको संघीयताका लागि संबिधान संशोधन हाम्रो साझा अभियान ” भन्ने मुल नाराका साथ बिगतको बर्षहरु झैँ यस बर्ष पनि विश्व आदिवासी दिवस -भब्यताका साथ मनाउन गइरहेको इजरायल शाखाका अध्यक्ष तारा काउचा मगरले बताए  ।

कार्यक्रममा राष्ट्रिय भेष-भुषामा  उपस्थित भै मातृभाषामा मौलिक पहिचान झल्काउने विभिन्न झाँकी तथा नृत्यहरु प्रस्तुत गर्दै आदिवासी जनजातिहरुको बिषयमा प्रशिक्षण् तथा जानकारी मुलक कार्यक्रम समेत रहने बताइएको छ ।

त्यस्तै कार्यक्रममा भाग्यशाली चिठ्ठा कार्यक्रम पनि रहेको बताउदै कार्यक्रम संयोजक  बरिस्ठ उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गराउन सहयोगको लागि सम्पूर्ण इजरायलबासी नेपालि दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गर्दै इजरायलमा स्थापित सम्पूर्ण संघ संस्था, संगठन, मिडिया लगायत नेपाली समुदायहरुमा उपस्थितिको हार्दिक आमन्त्रण गर्नु भएको छ । संयोजक ह्योल्मोले कार्यक्रम हल प्रवेश निशुल्क  रहेको बताउदै उपहार योजनामा  प्रथम पुरस्कार :- एक तोला सुन, द्वितीय पुरस्कार :- IPAD 9.7inch, तेस्रो पुरस्कार :- SAMSUNG MOBILE A30, चौथो पुरस्कार :- POWER BANK 16000mAh र  पाचौ पुरस्कार :-POWER BANK 16000mAh  रहेको बताउदै  चिठ्ठा शुल्क मात्र  ३० शेकेल  राखिएको बताइन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...