एनआरएनए इटली सम्मेलनमा उत्कृष्ट महिला संयोजकको अवार्डद्वारा अष्ट्रियाकी तिवारी सम्मानित

Published Date: August 5, 2019

ए वान न्यूज अष्ट्रिया,
भर्खरै मात्र इटालीको रोममा सम्पन्न एन आर एन ए १२ औं युरोप क्षेत्रिय सम्मेलनको अवसरमा
एनआरएनए-एनसिसी, अष्ट्रियाकी निर्वतमान महिला संयोजक तथा वर्तमान महासचिव भवानी तिवारी ले ‘द वेस्ट एनआरएनए वुमन कोर्डिनेटर’ ( उत्कृष्ट महिला संयोजक ) को अवार्ड प्राप्त गरेकी छिन् ।
सो अवसरमा अष्ट्रियावाट तिवारी र स्विट्जरल्याण्डबाट शुभ एल्मर लामा ‘द वेस्ट एनआरएनए वुमन कोर्डिनेटर’ को रूपमा सम्मानित भएका हुन् ।
गैर आवाशिय नेपाली संघको मर्म र भावनालाई पच्छ्याउदै सामाजिक अभियान अन्तर्गत महिला शसक्तिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा उहाँहरूको योगदानले एन आर एन ए महिलाहरूको इतिहासमा सकारात्मक सन्देश पुगेको मुल्याङ्कन गर्दै संस्थाका अध्यक्ष भवन भट्टले खादा ओडाएर तिवारी र लामालाई सम्मान गर्नुभएको थियो ।

युरोपमा महिला फोरमका गतिविधि तथा चुनौतीहरु बारेको सत्रमा गैरआवासीय नेपाली संघका यूरोपस्थित विभिन्न मुलुकका महिला फोरमका गतिविधिहरुबारे महिला समन्वयकर्ताहरुले प्रकाश पारेका थिए।

त्यस्तै सम्मेलनमा एन आर एन ए – एनसिसी, अष्ट्रियाका अध्यक्ष विनोद चौलागाई र महिला संयोजक सम्झना वोहोराले एन आर एन ए  अष्ट्रियाले विगतमा गरेका गतिविधीहरुको  बारेमा प्रस्तुतीकरण गरेका थिए ।

गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै रोममा आइतबार सम्पन्न भएको  थियो । युरोपमा नेपालको आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन, लगानीका अवसर तथा चुनौती र नेपाली नागरिकताको निरन्तरताजस्ता बिषयमा ब्यापक छलफल गर्दै दुई दिने बैठक सम्पन्न भएको हो ।

सम्मेलनमा युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गरी  झन्डै ४०० जना सहभागी भएका थिए।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...