एन आर एन ए मा राजनीति आवस्यक

- सन्तोष न्यौपाने, बेल्जियम

Published Date: August 9, 2019
  • – सन्तोष न्यौपाने, बेल्जियम

”अब बेल्जियममा राजनीतिक हस्तक्षेप रहित गैर आवासीय नेपाली संघ निर्माण गर्न जुट्नुपर्दछ |” केहि दिन अगाडी एक मित्रले यस्तै प्रस्ताव अगाडी सारेर युवा पंक्ति   अगाडी बढ्नु पर्नेमा  सुझाब दियका | यो सुझाबमा धेरैको राय सकारात्मक  नै देखियो | तर विडम्बना यसरि सुझाब दिने र आफ्नो राय दिनेहरु कुनै न कुनै रुपमा राजनतिक पार्टी पार्टी आस्थावान देखिन्थे | अर्थात् राजनतिक हस्तक्षेप भनियातापानी युवापंक्ति कुनै न कुनै पाराले राजनीतिको अल्झन भित्र रुमल्लियको देखिन्छन |

अबको केहि समय पछि एन आर एन बेल्जियमको नया नेतृत्वको लागि निर्वाचन हुदैछ | अहिले सम्म केहिले फेसबूकमा आफ्ना उम्मेदवारी घोषणा गरिसकेका छन | ति उम्मेदवार को क्रियाकलाप  हेर्ने हो भने केहि बाहेक सबै एन आर एन बेल्जियम भित्र राख्न नमिल्ने ब्यक्तिहरु पनि देखिन्छन | तर यिनै यस्तै ब्यक्तिहरुको हाबी एन आर एन बेल्जियममा भैराख्या छ र भोलिका दिनमा हुनेछ | यसमा कुनै दविधा नै छैन | यो प्रक्रियालाई रोक्न न व्यक्तिले सक्छ न त सस्थाले नै | राजनतिक हस्तक्षेपको प्रतिफल स्वरुप नै त्यस्ता ब्यक्तिहरु एन आर एन भित्र आफ्नो डेरा जमाउदैछन |

एन आर एन भित्र राजनीति हाबी  भयो भनेर हामि धेरैले चिन्ता ब्यक्ति गर्दछौ | राजनीति हाबी हुनु नौलो कुरो होइन तर त्यो हाबिले कस्ता व्यक्तिलाई नेतृत्वमा लैजादैछौ भन्ने कुरो मुख्य पाटो हो | राजनतिक सस्था भित्र पनि समाजमा केहि गर्न सक्ने खुबी भयका ब्यक्तिहरु छन | उनीहरुलाई अगाडी सार्न सक्नुपर्दछ | कुनै पनि ब्यक्तिमा  सस्थागत अनुभब छैन भने उसले एन आर एन बेल्जियम भित्र गयर के गर्ने ?कमसेकम धरातलीय सस्थागत अनुभब नेतृत्व पंक्तिमा हुनु देखिन्छ | जुन व्यक्तिले समाज नकारत्मक दिशा तर्फ लागिरहेको छ त्यस्तै ब्यक्तिहरुलाई एन आर एनमा स्थान दिदा नतिजा कस्तो अपेक्षा गर्ने ?सबैले एकपटक सोच्नु पर्ने देखिन्छ |

एउटा उदारहण लिउ | केहि समय अगाडी नेपाली ब्यबसायी संघ बेल्जियमको नया नेतृत्वका सर्वसहमतीका साथ् नया कमिटि गठन भयो | गठन गर्दा सबै राजनैतिक पार्टीमा  आस्थावान ब्यक्तिहरु नै  कमिटि भित्र आउँन आतुर थिय | जति पनि कमिटि भित्र छन उनीहरु कहिँ न कहिँ रुपमा राजनीतिमा अग्रसर नै छन | चाहे नेकपा ,कांग्रेस वा अन्य किन नै नहोस | उनीहरुको चयन पनि सोहि रुपमा नै गरियको थियो |तर उनीहरुमा केहि गर्ने जोश जागर पनि देखिन्थ्यो | सोहि अनुरुप नया नेतृत्व चयन पनि भयो र अहिले सक्रियताका साथ् कार्य गर्दै पनि छन |

हो, एन आर एन बेल्जियममा पनि यसै गरेर नया नेतृत्व चयन गरिनु पर्दछ | राजनीतिलाइ पाखा लगायर होइन कि त्यसलाई साथमा लियर उत्कृस्ट ब्यक्तिहरुलाई अगाडी सार्नुपर्दछ |

बेल्जियममा केहि समय अगाडी एउटा घटना घट्यो | आफ्नै श्रीमतीलाई एक नेपालीले अलपत्र पारे | पछि एन आर एन बेल्जियमका तत्कालिन महासचिब हाल  अधक्ष्य लोक दाहालको टिमले उनको सकुसल उद्दार गरेर युरोपको बसोबासलाई सहज बनाइदियो| तर तिनै पुरुष जसले श्रीमतीलाई अलपत्र पारे अहिले बेल्जियमकै विभिन्न सस्थामा हाबी हुदै हिडेका छन | बिभिन्न कार्यकर्ममा निर्लज्ज तरिकाले आफ्नो रवाफ देखाउन मस्त छन | अब आफै अनुमान गर्नुस यो कसको कारण ? तपाई हाम्रै कारण जसले आफ्नो स्वार्थको लागि खराब र नातिक हिनतालाई प्रसय दिइराखेका छौ | उनलाई प्रसय दिनेहरुमा राजनैतिक स्वार्थका ब्यक्तिहरु पनि उत्तिकै छौ | र उनलाई बहिस्कार गर्नेहरुमा राजनीति गर्ने ब्यक्तिहरु पनि छौ | अब यिनी जस्तै ब्यक्तिहरु एन आर एन वा कुनै सस्थामा नेतृत्व पंक्तिमा गय भने सस्थाको स्वरुप र कार्य गर्ने सैली कस्तो होला? आफै अनुमान गर्न सक्नुहुनेछ |

अब अर्को उदारहण बेल्जियमकै लिउ | केहि समय अगाडी बेल्जियममा अवस्थित नेपाली जन सम्पर्क समितिले नेपाली कलाकार बेल्जियम बोलायो | सास्कृतिक कार्यकर्म पनि बिभिन्न सहरहरुमा सम्पन्न गर्यो | तर उक्त कार्यकर्ममा एक महिला पनि आयकि थिइन्  जो अहिले पोर्चुगलमा रहेकी छिन | उनलाई समिति भित्रकै एक सक्रिय कार्यकर्ताले स्पोन्सर गरेका थिय | समिति भित्रकै अर्का सक्रिय कार्यकर्ताको अनुरोधमा उनलाई यहाँ झिकायर पोर्चुगल पुर्यायको थियो | घरमा यो कुरो थाहा भयपछी  अहिले श्रीमती र छोराछोरी छाडेर उनि बेल्जियम बाहिर छन् | परिवारले यसमा मुख्य दोषी स्पोन्सर गर्ने सक्रिय कार्यकर्तालाइ लगाइरहेको छ | ति सक्रिय कार्यकर्ता आगामी एन आर एन बेल्जियमको नेतृत्व पंक्तिमा जानको लागि रस्साकस्सीमा देखिन्छन |

माथिका दुइ उदारहण हाम्रो सामु काफी छन | बेल्जियम स्थित नेपाली समाज र एन आर एनमा कस्ता ब्यक्तिहरुको हाबी हुदैछ भन्ने कुराको |यस्ता ब्यक्तिहरुको पहिचान गरेर जबसम्म्म राजनैतिक संगठनहरुले हस्तक्षेप गर्न सक्दैन् तवसम्म यो प्रक्रिया चलिराख्दछ|

माथिका दुइ उदारहण हाम्रो सामु काफी छन | बेल्जियम स्थित नेपाली समाज र एन आर एनमा कस्ता ब्यक्तिहरुको हाबी हुदैछ भन्ने कुराको |यस्ता ब्यक्तिहरुको पहिचान गरेर जबसम्म  राजनैतिक संगठनहरुले हस्तक्षेप गर्न सक्दैनन्  तवसम्म यो प्रक्रिया चलिराख्दछ| निर्मुल पार्नको लागि संगठन भित्रका नैतिकवान ब्यक्तिहरु अगाडी सर्नु पर्ने देखिन्छ | होइन भने हिजोको कार्यकालमा पनि दलाली गर्ने होस् वा समाजमा बिखन्डन सिर्जना गर्नेको हाबी नहोला भन्न सकिदैन |यसको लागि सबै सतर्क हुनुपर्ने देखिन्छ |त्यसो त् एन आर एन बेल्जियममा जानेहरु सबै खराब छन भनेर यो लेखमा भन्न खोजियको भने कदापी होइन | माथि नेपाली ब्यबसायी संघको  उदारहण दिय जस्तै तरिकाले अगाडी बढ्न पनि सकिन्छ | एन आर एन भित्र जान खोज्ने जोश जागर भयका युवा पिढी अहिले प्रसस्त देखिन्छन | उनीहरुलाई प्रयोगमा ल्याउन सक्नुपर्दछ | जसले गर्दा सस्था लगायत नेपाली समाज सुध्रिढिकरण तर्फ अगाडी बढ्न मद्त पुग्दछ |

अब थोरै समिक्षा अहिलेको कार्यसमितिको गरौ | लोक दाहालको टिममा रहेको यो समितिले बिगतका समिति भन्दा खासै नौलो र उपलब्धिमुलक कार्य भने गर्न सकेको देखिदैन | बरु जम्मो कार्यसमिति निर्माणमा भने अगाडी नै रहयो | कमिटि भित्र कोषाध्क्ष्य को कार्यगत सैली लाजमर्दो देखियो | जसको जिम्मेवारी कमिटि बाहिरका ब्यक्तिहरुले गरिदिय | प्रवक्ता बरु महासचिव भन्दा बढी हावी देखीय | पत्रकारको विरुद्ध प्रेस नोट निकाल्दा उनको हाबी प्रस्ट देखिन्थ्यो | महासचिव अगाडी सर्नु पर्ने ठाउमा प्रवक्ता अगाडी देखीय | जुन निकै लज्जास्पद देखिन्थ्यो | कमिटि भित्र आफ्ना सदस्यले राखेको प्रस्तावलाइ वास्ता नगर्दा ति सदस्यले पोखेको पिडा उस्तै नमज्जाको अनुभब गर्न सकिन्छ |

दाहालको कार्यकालमा जुन कार्यको अपेक्षा त्यो हुन् सकेन | यो हुन् नसक्नुमा उनको आफ्नै दोष पनि देखिन्छ | निर्वाचन बिजयी हुनको लागि धेरै जना संग धेरै थरिका डिल गरे र अन्तत त्यही डिल को भुमरीमा आफु फसे | जसको करण व्यक्तिगत रुपमा आफुलाई फाइदा मिलेपनि सस्थागत र सामाजिक कार्यको सिलसिलामा सोचेजति सफलता मिल्न सकेन |  राजनतिक हस्तक्षेपले पनि उत्तिकै भूमिका यसमा निर्वाह गरेको देखिन्छ | उनको कार्यकालमा उनकै पार्टीले सोचे जति सहयोग गर्न सकेन | फलस्वरूप अन्य ब्यक्तिहरु उनि माथि हाबी हुन् सहजता प्राप्त गरे |

तसर्थ एन आर एन बेल्जियममा राजनैतिक हस्तक्षेप हुनुहुदैन तर राजनैतिक तौर तरिका जानेकाहरु नेतृत्वमा जानुपर्दछ | जसले गर्दा सस्था अगाडी लैजाने मात्रै नभयर नेपाली समाजलाई उपलब्धि मुलक कार्य गरेर अगाडी बढाउन सक्दछन | सकारात्मक सोच भयका र विशेष बेल्जियम स्थित नेपाली समाजको लागि कार्य गर्ने व्यक्तिको खाचो रहेको छ| एन आर एन भित्र गयर सचिवको पद सम्हालन नसक्ने होइन सचिवले महासचिवलाई अगाडी बढाउन सक्ने नेतृत्व चाहिन्छ | पद लिईसकेपछि पदीय जिम्मेवारी सहज र अर्थपूर्ण रुपमा बहन गर्न सक्नु नै ठुलो कुरा हो | यसको लागि बेल्जियम स्थित बिभिन्न बैचारिक संगठनले त्यस्ता आफ्ना उम्मेदवारहरुलाई छानेर अगाडी बढाउनु पर्दछ |

कुनै पनि ब्यक्ति स्वतन्त्र हुन् सक्दैन | प्रत्यक ब्यक्ति राजनीतिको धरातल भित्र रुमल्लियको हुन्छ | चाहे घरमा होस् वा बाहिर राजनीति हुन्छ | केवल बाटो र सिक्ने कला मात्रै फरक हुन् | सस्था भित्र खराब पात्रलाई बहिस्कार गर्न सके मात्रै हामीले खोजेजस्तो सस्था हामीले प्राप्त गर्न सक्दछौ | यस तर्फ सबैले ध्यान दिने कि?



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...