सुर्य थापालाई रोक लगाउने दिवा सपना नदेख्न आग्रह, रोक लगाएर देखाउन चुनौती सहित वैचारिक बहसबाट नतर्सिन अखिल केन्द्रीय नेताको चेतावनी

Published Date: August 13, 2019

सूर्य थापा आफ्नो खरो बैचारिक बहसवाट सधै चर्चामा आइरहने ब्यक्तित्व मध्ये एक हुन् । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा लेखेको एउटा स्टाटसले यतिवेला सामाजिक सन्जाल तरङगित छ ।

एमाले तथा माओवादी पृष्ठभूमिका नेता विद्यार्थि र कार्यकर्ता सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्यूठानबाट माओवादी पृष्ठभूमीका केहिँ ब्यक्तिहरुले चर्चामा आउन सुर्य थापालाइ टक्कर दिदै जिल्ला प्रवेश रोक लगाउने भन्दै टिप्पणी गरीरहेका बेला विद्यार्थी नेताहरु सुर्य थापाको बचाउ तथा गलत कामको हुर्मत नलिन आग्रह गरेका छन् ।

एमाले पृष्ठभूमिका अखिल केन्द्रीय सचिवालय सदस्य, त्रिवि आंगिक क्याम्पसहरुको इन्चाज धर्म गिरीले सामाजिक सन्जालबाटै प्रतिउत्तर दिदै बैचारिक बहसवाट नतर्सिन आग्रह गर्दै दिवा सपना नदेख्न चुनौती दिएका छन् । उनले लेखेको स्टाटस यस्तो रहेको छ ।

केहि ब्यक्तिहरुले प्यूठानमा सूर्य थापालाई प्रवेश रोक लगाउने दिवा सपना देखेकोले वैचारिक बहस चलीरहेको बेला यहि बैचारिक बहसबाट आत्तिएर क. सूर्य थापालाई जिल्ला प्रवेश रोक लगाउने दिवा सपना नदेख्न आग्रह गर्दै रोक लगाएर देखाउन चुनौती दिन्छु । तत्कालीन किसान मार्चको आन्दोलन तथा द्वन्द्वका बेला लगायत अनेकन बन्देजका बावजुत समेत गाउँ गाउँ र कुना कुनामा राजनीतिक प्रशिक्षण दिदै हिड्ने सुर्य थापालाई कमजोर नठान्न मेरो आग्रह छ । मित्रहरु आफै जनताबाट निशेधित हुनुपर्ने बाटो नरोज्न र घटिया हर्कत नदेखाउन सुझाव दिन चाहन्छु ।

यस्तै अखिल केन्द्रिय सदस्य बिनोद भण्डारीले पनि सामाजिक सञ्जालबाटै निशेधको राजनिती नगर्न आग्रह गरेका छन् । उनले आफ्नो फेसबुकमा लामो बिश्लेषण सहित आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।

भण्डारीको छोटकरी यस्तो रहेको छ ।

साथिहरु बिषय बहश गर्नु सम्म ठिक छ । तर नेताहरु माथि सुरक्षा चुनौति थपिदिने र भौतिक रुपमा रोक लगाउछौँ पार्टि नेता सुर्य थापा लाइ प्युठानमा निषेध गर्छाैँ भनेर सामाजिक संजालमा अबिब्यति दिनु कदापि राम्रो हुदैन । म प्युठान बासि हुँ मैले प्युठानमा प्रबेश गर्ने सबै नेताहरुलाई स्वागत गर्छु । छिट्टै उत्तेजित भई नेता माथि तल्लो शब्द प्रयोग गरि नेतालाई अपमान गर्ने काम किमार्थ स्विकार्य हुनेवाला छैन । यदि यस्तो कार्य भयो भने तत्काल यस्ता कार्यको प्रतिपात हुनेछ । त्यसैले यस्ता कार्य तुरुन्त रोक्न म अनुरोध गर्दछु ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...