सूर्य थापाले भने– गुरिल्लासॅग डराउने दिन गइसके !

Published Date: August 14, 2019

काठमाडौं, २७ श्रावण । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले पूर्वमाओवादीविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

आइतबार सामाजिक सञ्जालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर लगातार आक्रमण गरिरहेका छन् । प्रचण्डले ‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो । जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो’ भनेर दिएको अभिव्यक्तिको थापाले विरोध गरिरहेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएका नेता थापाको नेकपा कार्यकर्ताले तिव्र आलोचना गरिरहेका छन् । आलोचनाकै बीचमा नेताथापाले सोमबार बिहान सामाजिक सञ्जालमा अर्को असन्तुष्टी पोखियो । उनले विरोध गर्ने नेकपा कार्यकर्तालाई ‘गुरिल्ला’को संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘विवाद र तरंग सिर्जना गरिँदा हरेकले सुने हुन्छ– कोही ‘गुरिल्ला’को त्राससॅग डराउने दिन गइसके ! विचारविमर्श गर्न निरन्तर लेखिन्छ !

साभार : हटलाइनखवर



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...