केपी ओली र वामदेवको ‘डिनर मिटिङ’ ले नेकपा भित्रको माहौल रोचक बन्दै

Published Date: August 14, 2019

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली उपचार पश्चात स्वदेश फर्किए लगत्तै नेकपाका शिर्षा नेताहरुलाइ भेट्न ब्यस्त छन् । मंगलबार अपरान्ह नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार प्रधानमन्त्री ओलीको लामै कुराकानी भएको थियो । दुई नेताबीच के के कुराकानी भयो भन्ने नखुलेपनी उनीहरु बीच पार्टीका विभागहरुको जिम्मेवारी बाँडफाँड सम्बन्धमा कुराकानी भएको अनुमान गर्न गाह्रो पर्दैन ।

मंगलबार दिउँसो प्रधानमन्त्री ओली यस्तै भेटघाटमा व्यस्त रहे । उनले नेकपाका (खासगरी पूर्व एमाले) नेताहरु धेरैसँग भेटेका थिए । तर, मंगलबार प्रधानमन्त्री ओलीको ‘डिनर मिटिङ’ भने यतिबेला चर्चाको विषय बनिरहेको छ । नेकपा वृत्तमा बुधबार दिनभरी मंगलबार रातिको ‘डिनर मिटिङ’को चर्चाले बिभिन्न अड्कल भइरहेका छन् । प्रधानमन्त्रीले ‘डिनर मिटिङ’ गरेका थिए वामदेव गौतमसँग ।

नेकपाका प्रभावशाली नेता बामदेव र केपी बीच निकटता बढ्दै गएको विषयले नेकपा भित्रको माहौल रोचक बन्दै गएको छ । यस्तो बेला केपी र वामदेवले मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा तीन घन्टा जति समय बिताएको र खाना पनि सँगै खाएको विषय नेकपा भित्र चर्चाको विषय बनेको सनराइज खवरले प्रकाशन गरेको छ ।

पेचिलो बन्दै गएको सचिवालय बैठक र विभागीय जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर केपी बामदेव बीच के कुरा भयो भन्ने थाहा हुन सकेको छैन । वामदेवलाई महत्वपूर्ण मानिएको संगठन विभागको जिम्मेवारी दिने पक्षमा केपी छन् भन्ने बुझिन्छ । तर,  अन्य विभागहरुको विषयमा टुंगो नलाग्दा सचिवालय बैठक लम्बिइरहेको छ । बुधबार पनि सचिवालय बैठक स्थगित भयो । अब बिहीबार बस्ने बताइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...