ब्यक्तिको जनखोजिमा रबिहरु जनताको आखामा उदाएका छन​

Published Date: August 27, 2019

-सानु बाबु सिलवाल

मेरो अनन्य मित्र हुन रबि क्लास मेट पनि। एउटै कित्ता र पेशामा थियौ। अहिले पनि उसका थुप्रै ब्याक्तिगत कमजोरिका बाबजुद पनि उ नेपालि जनताको एउटा बुलन्द आवाज हो र जनताको यथार्थ सेवक पनि जतिबेलासम्म उनि आवाजबिहिनहरुको आवाजहरु बोलिरहन्छन​। मेरो प्रिय साथि रबि म्याजिक होइनन​, न त भगवान नै। बोल्न सक्छन धाराप्रबाह​, यसको मतलब यो होइन कि उनका मुखमा भगवान बसेका छन​।

सन २०१६ मा म नेपाल जादा फोनमा कुराकानि भयो। उसले भन्यो साथि सानु म चाहि नेपाल फर्के। तिमि पनि फर्कनु पर्दछ एकदिन जन्मभुमिका लागि केहि गर्न सक्ने तिमि हामि यहि जन्मेको भुमिमा बसेर केहि गरौ। आर्थिक हिसाबले तिमिले राम्रो गर्यौ तर मैले जन्मभुमि रोजे। फर्किएको छु नेपाल​। केहि गर्ने इच्छा छ यहि बसेरै। तिमि पनि आउ। सङ्गै मिलेर केहि गरौ। उसलाइ मैले भने रबि यो सतिले सरापेको मुलुक भन्छन​। केहि गर्न खोज्नेको प्राण लुटिन्छ​। तर​, तिमिलाइ मेरो साथ छ​, राम्रो गर रबि तिमिलाइ शुभकामना छ। यति भनेर फोनमा सकेसम्म भेट गर्ने बाचाका साथ फोन राख्यौ हामिले।

रबिले जे गर्यो, जे गर्दैछ​, जसरि जनताको साथ पाएको छ, खुशि लाग्दछ मेरो आत्मिय एबम प्रिय साथिको प्रगति एबम योगदान देखेर​। हाम्रो भेट एटलान्टामा भ​एको थियो लास्ट टायम​। त्यो भन्दा अघि नर्थ क्यारोलिनामा उसैको सयोजनमा आयोजना भ​एको मह जोडि सहितको कमेडी कार्यक्रम सम्पन्न पछि मह जोडिलाइ उ सानु मेरो क्लासमेट साथि एबम अनन्य मित्र भनेर चिनाउदै थियो उ।

उ महत्वाकाक्षी मानिस हो, महत्वाकाक्षाका कारण धेरै पटक उ बिबादमा आयो र कतिपय अबस्थामा उसका यस्ता गल्तिहरु छन त्यो उ आफैमा भिजेको होला तर यसको मतलब उसले समाज​, मुलुक र नेपालिका लागि दिएको देनलाइ कदापि भुल्न मिल्दैन पनि। उसलाइ मैले भनेको थिए, हाम्रो समाजलाइ हेरेर महत्वाकाक्षालाइ एउटा सिमामा राख रबि। उ भन्दथ्यो त्यो मैले मनन गरेको छु सानु।

उ अहिले आरोपित छ​, आत्महत्यामा दुरुत्साहन गर्यो भन्ने आरोप खेप्दै छ​। यो सबै अतिरन्जीत आरोप हुन सक्दछ अदालतले फाइनल निर्णय नगरेसम्म​। अदालत यस्तो छ कि त्यहा राजनैतिक कार्यकर्ताको कोटामा भरिएका मानिसहरु छन​। राज्यसत्ता, राजनैतिक दलका भर्ति केन्द्र अदालत र यहि राज्य सत्ताको बिबेक र धङ्गधङ्गिमा रबिको भबिष्य जोडिएको छ अहिले। भ्रष्ट राज्य सत्ता, अपराधिक गतिबिधिको मुल केन्द्र​, स्वार्थ एबम जनताको नजरबाट गिर्दै ग​एको नेता एबम ब्यबस्थालाइ मोजस्थल बनाउदै आएका दल एबम झुन्डहरु प्रतिको राग​, फ्रस्ट्रेसन र बैकल्पिक शक्ति एबम ब्यक्तिको जनखोजिमा रबिहरु जनताको आखामा उदाएका छन​।

जनताको भिड त्यहि राज्यसत्ता एबम राजनैतिक दल र नेता बिरुद्दको राग र फ्रष्ट्रेसनको प्रतिबिम्ब हो। त्यो प्रतिबिम्ब जतिसुकै बेला, जुनसुकै बेला परिबर्तन हुन सक्दछ​। मैले यो किन भनिरहेको छु भने रबिलाइ यो समर्थन र भिड देखेर यस्तो नपरोस कि यहि मौका हो राजनितिमा होमिने। यहि भिडलाइ हेरेर, यहि भिडको आवाजलाइ आधार मानेर उ राजनितिमा होमियो भने यो उसको अर्को महान गल्ति हुनेछ​। रबि मेडीयामै बस​। मेडीयाबाटै राज्य एबम जनताको आबाजलाइ निरन्तरता देउ। मेडीया मै तिम्रो आबश्यकता छ​। यहि माध्यमबाटै बेसहारा एबम आवाजबिहिनहरुको प्रतिनिधित्व आबश्यक छ​।

खुकुरिको धारमा जिवन अडेको छ अहिले तिम्रो, जनताले टेस्ट गर्दैछन तिमि जस्तै मानिस जसले राज्य र जनताको यथार्थ प्रतिनिधित्व गरोस​। पैसा, स्वार्थ एबम लोभमा फस्यौ भने जनताको भरोसामा कुठराघात हुन सक्दछ​। अहिले जन चाहना भनेको तिमि जस्तै मानिस जसले जनभावनाको प्रतिनिधित्व गरोस​। बैकल्पिक शक्ति जो सङ्ग राज्य एबम जनताको मन मष्तिस्कमा पस्न सकोस​। भिड खहरे खोला हो, तिम्रो आबाजको पछि छ त्यो भिड न कि तिम्रो ब्यक्तिगत शरिरको पछि। त्यसैले तिम्रो आबश्यकता भनेको मेडीया मै बसि जनताको सेवा गर​। भबिष्य कसलाइ नै थाहा छ र​? भोलिको राजनितिमा तिमि र तिमि जस्तै आबाज बोक्नेहरुलाइ खोज्न सक्दछ​।

तर​, अहिलेलाइ तिमि माथि लागेको आरोप र आरोपबाट तिमिलाइ सदाका लागि पन्छ्याउन खोज्ने सदाबहार भ्रष्ट राज्यसत्ता, दल एबम कथाकथित नेता एबम तिनका एक छत्र दलाल एबम झुन्डसङ्ग बच र सबक सिकाउ र प्रमाणीत गर। अल दि बेष्ट रबि। आइ एम अल्वेज विथ यु एज लङ्ग एज यु विल बि रेजिङ्ग पिपुल्स भ्वाइस एन्ड रेप्रिजेन्टिङ्ग टु दि भ्वाइसलेस पिपुल​।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...