ढल्ने छ पटक पटक, मर्ने छैन-कबिता

Published Date: August 27, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

-रोहित भण्डारी

ढल्ने छ पटक पटक, मर्ने छैन।

ढाल्ने छन पटक पटक, फेरि पनि मर्ने छैन।

बग्ने छ पटक पटक, उत्रने छ डुंगा जस्तै।

बगाउने छन पटक पटक, जलेवा जस्तो उड्ने छ झन माथी माथी।

स्पात बन्ने छ, सहने छ बज्रपातहरु अनि ती आधी र तुफान।

गल्ने छैन, ढल्ने छ तर मर्ने छैन।

उठ्ने छ सुनामीको ज्वारभाटा जस्तै अनि बल्ने छ दीप उसमा अँध्यारो हुने छैन कतै।

फेरि पनि ढल्ने छ तर मर्ने छैन।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...