तीज गीत “बरी लै”

Published Date: September 2, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर

– डा. भवेश कोईराला, वि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, नेपाल

तिजको लहर आयो बरी लै!!

पतिको कहर कस्ले बुझ्ने खै!!

मेरै आयु बढाउन उनि भोकै बस्ने!!

म चै उनलाई भोकै देखि पल-पल मर्ने !!

तिजको लहर आयो बरी लै!!

पतिको कहर कस्ले बुझ्ने खै!!

जल पनि पिउने होइन,ओठ सबै सुकिसके!!

सुकेका ओठबाट मुस्कान पनि लुकीसके!!

हरिको -तालमा भोकै नाच्दै रमाउने खै!!

कहाबाट हो उर्जा ल्याको हरितालिका मनाउने!!

तिजको लहर आयो बरी लै!!

पतिको कहर कस्ले बुझ्ने खै !!

-भावेश



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...