अष्ट्रियाको  भियनामा  भव्यरूपमा   तीज कार्यक्रम सम्पन्न

यसरी रमाए तीजमा अष्ट्रियावासी नेपाली चेलीहरू।

Published Date: September 2, 2019

ए वान न्यूज अष्ट्रिया,

एनआर एन ए महिला फोरम अष्ट्रियाको आयोजनामा,  अष्ट्रियाको  राजधानी भियनामा  गत शनिवार  भव्य रूपमा तीज कार्यक्रम सम्पन्न भयो । एनआर एन ए महिला फोरम अष्ट्रियाकी महिला संयोजक सम्झना वोहोराको सभापतित्व, अष्ट्रियाका लागि नेपाली राजदुत महामहिम प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा एनआर एन ए अष्ट्रियाका अध्यक्ष विनोद चौलागाई, एन आर एन अष्ट्रियाका आई सिसि प्रतिनिधी राजकुमार उपाध्याय, राजदुत महामहिमपत्नि शुसान सुवेदी, संथापक सदस्य प्रभु श्रेष्टको विशेष अतिथ्यता  रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा महिलाप्रतिनिधीहरू,  एन आर एन  अष्ट्रिया  एल सि सि का अध्यक्ष तथा महिला प्रतिनिधीहरूको आतिथ्यता रहेको थियो ।

एनआर एन ए  अष्ट्रियाकी  महिला उपाध्यक्ष आशा थापाले उपस्थितहरूलाई मिठो  मन्तव्यद्वारा स्वागत  गर्नुभएको थियो भने कार्यक्रमका  प्रमुख अतिथी  महामहिम राजदुत सुवेदीले  मन्तव्यको क्रममा नवनिर्वाचित एन आर एन ए पदाधिकारीहरूलाई वधाई तथा  हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दै कार्यक्रम भव्य तथा सभ्य भएकोमा आयोजकको प्रशंसा गर्नुभएको थियो, त्यसैगरी  विशेष अतिथी अध्यक्ष चौलागाईले तीजको उपलक्ष्यमा  शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम समापनको क्रममा उक्त  कार्यक्रमकी सभापती वोहोराले कार्यक्रम सफल वनाउन प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गर्दै तीजको शुभकामना दिनुभएको थियो भने एनआर एन ए अष्ट्रियाकी महासचिव भवानी तिवारीले उक्त  औपचारिक कार्यक्रम अत्यन्तै छोटो तथा रोचक रूपमा संचालन गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमकै शुरूवातमा अष्ट्रियाको भियनामा सुट गरिएको  सुपरहिट तीज गितमा मोडल शन्तोषी भण्डारीको दमदार  नृत्यले  तीजमय माहोलको शुरूवात भएको थियो   भने  राष्ट्रिय गानको क्रममा केही दिदिवहिनीहरू तथा साना साना छोरीहरूले   स्टेजमै गएर राष्ट्रिय गान  गाएका थिए ।

तीजको पहिरनमा सजिएर आएका दिदिवहिनीहरू, कार्यक्रम स्थल अत्यन्तै सुन्दर तथा तीज नृत्यको लागि खुल्ला मैदान भएकोले  आफ्नै गाँउघरको झझल्को मेट्दै  तीजमय वातावरणमा नाचगानमा रमाएका थिए भने कार्यक्रममा तीजको  दर अन्तर्गत वनाईको  श्वादिलो खानाका परिकारहरूले माईतीघरमा गएर दर  खाएको अनुभूत भएको उपस्थितहरूले वताए भने कति उपस्थित दिदिवहिनीहरूले अष्ट्रियाकै इतिहासमा रातको समयमा पनि  दिल खोलेर चौरमा नाच्न पाएको पहिलो तीज कार्यक्रम भएको वताउदै कम्मर मर्काईमर्काई नाचेका थिए  भने उपस्थित दाजुभाईहरूले पनि हामी पनि नाच्नुपर्छ विच विच मा  भन्ने गितमा विचविचमा नाचेर चेलीवेटीहरूलाई  थप मनोरन्जन प्रदान गरेका थिए । फोटो तथा भिडियोमा कृष्ण थापाले सहयोग गर्नुभएको थियो ।

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...