सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे

Published Date: September 8, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

-रोहित भण्डारी

श्रीमान त्यो अग्लो छ क्या म चढ्न सक्दिन सिंहदरबारको पर्खाल।

मेरो गाँस छैन खाने।

बाँस छैन सुत्ने।

हेर त फेर्ने झुत्रो छैन।

तर सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे।

श्रीमान मलाई डर लाग्छ क्या ती बुट अनि लौरो र बन्दुक देख्दा।

मेरो घर लुटियो।

हाम्रो चेलीको इज्जत लुटियो।

हेर त यी निला डाम झन्नै मेरो ज्यान नै सकियो।

तर सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे।

श्रीमान पल्ला घरे बुढी आमाको टन्न सम्पती तर उपचार गराउन सक्दिनन रे।

जिउनी खाईदिए रे।

शेष पछीको अर्कैले खाइदियो रे।

अब त घरबाटै निकालियो रे।

तर सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे।

श्रीमान त्यो धारामा पानी हैन हावा पो आउँछ रे

ठेकेदार भाग्यो रे।

कुल्लीले ज्याला पाएनन रे।

त्यहा त ठूलो भ्रस्टाचार भयो रे।

तर सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे।

श्रीमान रकमीले गरिबलाई ब्याजमा ऋण दियो रे।

तिरे पनि खाता बहि अझै छ रे।

घरका बस्तु भाउ पनि लग्यो रे।

गाग्रो ताउलो सबै लग्यो रे।

तर सुन्दै छु तिमी त न्यायलाई पो थुन्दै छौ रे।

धन्यवाद🇳🇵



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...