न बनाई देउ पराई मलाई

Published Date: September 14, 2019

 

 

 

 

 

 

 

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

-शान्ती मोदी, मोरंग,  हाल अमेरिका

 

न सम्झी देउ पराई मलाई, न बनाई देउ बिदेशी नै

रगत हुं तिम्रै, पहिलो न्यानो काँखमा तिम्रै

आखाँ खोले अनुहार तिम्रै, आमा भने पहिलो शब्द तिम्रै

सन्तान होईन न भनी देउ मलाई ।

 

छैन बिर्सेकि तिमीले सिकाएको तोतेबोली

छैन बिर्सेकी तिमीले लगाइदिएको  गुन्युचोली,

छैन बिर्सेकी तिमीसंग हिडेको  पाखाबारी

छैन बिर्सेकी तिमीले बोकाएको  घाँसका भारी।

 

न सम्झेँका दिनै छैन, असार साउने मेलापात

सम्झेर मन कटक्क खान्छ, आफ्नै चाडवाड् ,

मनले यहाँ चहारी हिड्छ, आफ्नै हाटबजार

न रोएका दिनै छैन, सम्झेर आफ्नै गाउँघर।

 

मनमा पिर खोक्रो सान यहाँ, देखाउनु परेकोछ

जन्मभूमि दुर्गतिमा सुन्दा, मनभने छिया-छिया भएको छ

अमेरिका आउनु संसारका, शक्तिशाली देश भन्नू

मुखमा तातो दूध झै निल्नु न ओकल्लु हुन गएकोछ।

 

छोरीको बलात्कार,आमाको हत्या, नारीको बदनाम

भुकम्प पहिरो, हावाहुरी,बाढीको भेल प्रकृतिको त्रास

दिनहुँको समाचार छट्पटीन्छ मन, तड्पीन्छ हृदय यहाँ

शरीर भने  सुख खोज्दै, राखी सकेकी छु बन्दकी यहाँ।

 

हे मातृभूमि  शरीर टाढा, समुन्द्र पारीको देशमा बन्दकी

सधैंव मनमा छ आदर र सम्मान, आफ्नै जन्मभुमि प्रति

न भनी देउ नागरिक दोश्रो,  देशको  अब पनि मलाई

रगत हुँ तिम्रै, सन्तान  हुँ तिम्रै जन्मेको त्यहीँ

न बनाई देउ फेरी पनि पराई मलाई

नबनाई देउ फेरी पनि पराई मलाई ।।।।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...