एनआरएनए इजरायलको अध्यक्षमा शान्ती अधिकारी ज्ञवाली निर्विरोध निर्वाचित

Published Date: September 17, 2019

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको नेतृत्वमा शान्ती अधिकारी ज्ञवाली लगायतको टोली निर्विरोध निर्वाचित भएको छ ।

एनआरएनए एनसिसी इजरायलको छैठौं अधिवेशनले आगामी ०१९-०२१ कार्यकालको लागि  अध्यक्षमा शान्ती अधिकारी ज्ञवालीलाई र  आइसिसी सदस्यमा विशाल ज्ञवालीलाई निर्विरोध चयन गरेको हो ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् । उपाध्यक्षमा निलम गिरी, महिला उपाध्यक्षमा माला गोले तामाङ निर्वाचित भएकी छिन् भने महासचिवमा श्रीकृष्ण भण्डारी निर्वाचित भएका छन् । त्यस्तै संस्थाको सहसचिवमा भरत वहादुर थापा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिता भट्टराई निर्वाचित भएकी छिन् ।  सह- कोषाध्यक्षमा अलि मोहम्मद मिया निर्वाचित भएका छन् भने महिला प्रतिनिधीमा सुमी शाही निर्वाचित भएकी छन् । त्यसैगरी पुरुष प्रतिनिधीमा डि वी वुढाथोकी निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा क्रमश: भोजराज क्षेत्री, अर्पना चौधरी, राधा वास्तोला र सावित्रीदेवी सुनुवार निर्वाचित भएका छन् ।

एनआरएनए एनसिसी इजरायल निर्वाचन समिती २०१९ ले जारी गरेको निर्वाचन कार्यतालिका अनुरुप अधिवेशनको लागि १४ सेप्टेम्वर शनिवारको लागि पुर्व निर्धारित मिति तय गरे पनि समितिले तोकेको समयमा उल्लेखित पदहरुमा कुनैपनि उम्मेदवारहरुको विरुद्द प्रतिद्वन्दी उम्मेदवारहरुको उमेदवारी नपरेपछि तत्कालै उमेदवारी दर्ता गर्ने सम्पूर्ण प्यानलनै निर्विरोध निर्वाचित भइसकेको थियो यद्यपी समितिले १४ सेप्टेम्वर शनिवार एनआरएनए एनसिसी इजरायलको सचिवालय तेलअभिवमा घोषणा कार्यक्रमको आयोजना गरी उमेदवारहरुलाई निर्विरोध विजयी घोषणा गरी प्रमाण पत्र प्रदान गर्दै निर्वाचित उमेदवारहरुलाई सपथ ग्रहण समेत गराएको थियो ।

सपथग्रहण पश्चात पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले एनआरएनए एनसिसी इजरायल सम्पूर्ण इजरायलवासी नेपालीहरुको छाता संगठन भएकाले इजरायलमा क्रियाशिल सम्पूर्ण संघसंस्थाहरुसँग हातेमालो गर्दै अगाडि वढ्ने प्रतिवद्दता जाहेर गर्नुभयो ।

यसैविच कार्यक्रम पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाहरुसँग सुमधुर सम्वन्ध कायम गरी आगामी दिनहरुमा पनि सबैलाई साथ लिई हातेमालो गरी अझ शसक्त ढंगले अगाडि वढ्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नव निर्वाचित सदस्य भोजराज क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ भने पुर्व अध्यक्षद्वय दिपक प्रसाद ओली र सुवास खरेलज्यूलाई संस्थाको संरक्षकको जिम्मेवारी प्रदान गरेको छ । त्यसै गरी बैठकले संस्थाका निवर्तमान महासचिव तेन्जीन शेर्पालाई संस्थाको प्रमुख सल्लाहकारको भुमिकामा राख्ने पनि निर्णय गरिएको एनआरएनए एनसीसी इजरायलले जनाएको छ ।
यसैविच बैठकले एनआरएनए इजरायलको नाममा रहेका संचार सामाग्रीहरु जिम्मामा ल्याई फेसवुक र वेबसाइट अधावधिक गर्ने निर्णय गरेको छ भने आगामी अक्टूवर १२ शनिवार पुरानो समितिलाई विदाई तथा नया समितिको स्वागातार्थ “विदाई, स्वागत तथा वडा दशैको शुभकामना आदान-प्रदान” कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले समितिको दोस्रो बैठकले कारणबश रिक्त रहन गएको सचिव पद र  निर्वाचित समितिले मनोनयन गर्न पाउने बाँकी सदस्यहरुको मनोनयन समेत गर्ने निर्णय गरेको छ ।

Image may contain: 5 people, people sitting and indoor



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...