डेंगु डेंगु…खासमा के हो डेंगु र यो कसरी नियन्त्रण गर्न सकिन्छ?

Published Date: September 17, 2019

श्रवण कुमार मिश्र, भाइरोलोजिष्ट डेंगु प्रयोगशाला, टेकु

नेपालमा पहिलो पटक सन् २००५ मा डेंगु रोगको बिरामी देखा पारेको थियो | सन् २००६ र त्यसपछि सन् २०१० र सन् २०१२ मा महामारीको रुपमा यो रोगको प्रकोप नेपालका बिभिन्न स्थानहरुमा भएको पाइएको थियो  | सन् २००६ को महामारीमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिड़ेमिओलोजी महाशाखा को संयुक्त प्रयाशमा  ४ वटै प्रकारको डेंगु रोगका भाइरसका सेरो टाइपहरु डेंगु-१, २, ३ र ४ फेला पारेको थियो | यो रोगको भेक्टर (रोग सार्ने किरा ) एडीस इजिपटाई र एडीस अल्बोपिकटस प्रजातिका लामखुट्टे हुन | सन् २०१२ मा झापामा धेरै डेंगु रोगको बिरामी देखिएको थियो | त्यसपछी सन् २०१६ मा डेंगु महामारी देखा पर्यो | २०१७ मा पोखरामा पहिलो पटक महामारी फैलियो र अहिले सन् २०१९ मा हालको महामारी धरानबाट शुरु भइ अन्य धेरै जिल्लाहरुमा र काठमान्डौ  समेतमा डेंगुको महामारी १८अगष्ट देखि हाल सम्म फैलिएको छ |

डेंगु सेरोटाइप २ ले कडा खालको रोग गराउदछ |  डेंगु सेरोटाइप ३ प्रमुख रुपले  डेंगु हेमोरहेजिक ज्वरो गराउँछ | इन्टर ल्युकिन ६ , ८ र न्युट्रालाइजिंग एन्टीबडीहरुले डेंगु हेमोरहेजिक ज्वरो गराउने कारक तत्वको रुपमा कार्य गर्दछ | यो रोगमा प्लेटलेट कोशीका बिरुद्धको रोगको प्रक्रिया र त्यसको जटिलता  देखिन्छ |

यो रोगको लक्षणहरु उच्च ज्वरो, शरीर दुखने, जोर्नी दुखने, टाउकोदुखने जस्ता देखिएमा सर्बप्रथम निम्न जांचहरु गराउनु पर्दछ |

१.रगतमा सेतो रक्तकोशीका मात्रा

२. रगतमा प्लेटलेट्सको मात्रा

३. हेमाटोक्रिटको प्रतिशत  बढ्नु

माथि उल्लेखित जाँचहरु गराएपछी यदि सेतो रक्तकोशिका (WBC) चार हजार भन्दा बढी, हेमाटोक्रिटको प्रतिशत  १०%भन्दा कम  बृधि भएमा

र प्लेटलेट्स एक लाख भन्दा बढी छ भन्ने आराम गर्ने, झोल पदार्थ खाने र ज्वरो घटाउन सिटामोलको सेवन गर्नु पर्छ | यदि सेतो रक्तकोशिका (WBC) चार हजार भन्दा बढी र प्लेटलेट्स एक लाख भन्दा कम भएमा मात्र डेंगु रोग सम्बन्धि जांच गराउनु पर्दछ |

 

डेंगु रोगको जाँचको रिपोर्ट निम्न अनुसार विश्लेषण गरेर उपचार सोहि अनुसार गर्नु पर्छ

NS-१ पोजिटिभ, IgM निगेटिभ र IgG निगेटिभ  देखिएमा डेंगुरोगको संक्रमण भएको र बिरामीको रगतमा डेंगुको भाइरस रहेको अबस्था (Viremic Phase) बुझिन्छ र यो अवस्थामा भाइरसको संख्या बढ्ने गर्दछ | यो अवस्थामा यस्तो बिरामीको रगतबाट लामखुट्टेमा डेंगुको भाइरस सर्ने र उक्त संक्रमित लामखुट्टेले स्वास्थ्य व्यक्तिलाइ टोक्दा डेंगु सर्न सक्छ | तसर्थ यो अवस्थाको बिरामी घरमा आराम गर्ने, लामखुट्टेको टोकाईबाट बच्ने, रगतमा सेतो रक्तकोशीका मात्रा र रगतमा प्लेटलेट्सको मात्रा नियमित जांच गराउने गर्नु पर्दछ |

 

NS-१ पोजिटिभ, IgM पोजिटिभ र IgG निगेटिभ  देखिएमा डेंगुरोगको संक्रमण भएको र बिरामीको रगतमा डेंगुको भाइरस रहेको अबस्था (Viremic Phase), भाइरसको संख्या घट्न सुरुहुन्छ  र साथ् साथै डेंगुको बिरोधमा बनेको एन्टीबडी पनि रगतमा भएको अवस्था बुझाउँछ | यो अवस्थामा यस्तो बिरामीको रगतबाट लामखुट्टेमा डेंगुको भाइरस सर्ने र उक्त संक्रमित लामखुट्टेले स्वास्थ्य व्यक्तिलाइ टोक्दा डेंगु सर्न सक्छ | तसर्थ यो अवस्थाको बिरामी घरमा आराम गर्ने, लामखुट्टेकोटोकाईबाट बच्ने, रगतमा सेतो रक्तकोशीका मात्रा र रगतमाप्लेटलेट्सको मात्रा नियमित जांच गराउने गर्नु पर्दछ |

 

NS-१ निगेटिभ , IgM पोजिटिभ र IgG निगेटिभ  देखिएमा डेंगुरोगको संक्रमण भएको र बिरामीको रगतमा डेंगुको भाइरस रहेको अबस्था (Viremic Phase) समाप्त हुदै गएको  अवस्था र साथै डेंगुको बिरोधमा बनेको एन्टी बडी पनि रगतमा भएको अवस्था बुझाउँछ | यो अवस्थामा यस्तो बिरामीको रगतबाटलामखुट्टेमा डेंगुको भाइरस सर्ने सम्भावना घट्दै जाने हुन्छ | तसर्थ यो अवस्थाको बिरामी घरमा आराम गर्ने, लामखुट्टेकोटोकाईबाट बच्ने, रगतमा सेतो रक्तकोशीका मात्रा र रगतमाप्लेटलेट्सको मात्रा नियमित जांच गराउने गर्नु पर्दछ |

 

NS-१ निगेटिभ , IgM पोजिटिभ  र IgG  पोजिटिभ देखिएमा डेंगु रोगको संक्रमण भएको र बिरामीको रगतमा डेंगुको भाइरस रहेको अबस्था (Viremic Phase) समाप्त भएको अवस्था रसाथै डेंगुको बिरोधमा बनेको दुई प्रकारको एन्टीबडीहरु  रगतमा भएको अवस्था बुझाउँछ |  यस्तो जांचको रिपोर्ट भएमा बिगतमा डेंगु लागेको बुझिन्छ | यदि IgM: IgG को अनुपात १.२ भन्दा बढी छ भन्ने यो अवस्थालाइ सेकेन्डरी डेंगु संक्रमणको अवस्थालाई बुझाउँछ | यस्तो अवस्थामा रोग बल्झिन सक्ने भएको हुनाले रगतमा सेतो रक्तकोशीका मात्रा र रगतमाप्लेटलेट्सको मात्रा नियमित जांच गराउने गर्नु पर्दछ |

NS-१ निगेटिभ , IgM निगेटिभ र IgG  पोजिटिभ देखिएमा डेंगुरोगको संक्रमण भएको र बिरामीको रगतमा डेंगुको अत्यधिक भाईरस  रहेको अबस्था (Viremic Phase) समाप्त भएको अवस्था र साथै डेंगुको बिरोधमा बनेको एन्टीबडी पनि रगतमा भएको अवस्था बुझाउँछ |  यस्तो जांचको रिपोर्ट भएमा बिगतमा डेंगु लागेको बुझिन्छ | हाल संक्रमण नभएको अवस्था बुझ्नु पर्दछ |

 

यो रोगको महामारीको पुर्ब तयारीको लागि बिगत वर्षहरुमा भएको महामारीमा डेंगुको कुन सेरोटाइप देखिएको थियो त्यसको आधारमा र यस वर्ष फैलिएको महामारीमा कुन सेरोटाइप देखियोत्यस अनुसारको तयारी गर्नु पर्ने हुन्छ | यसपाली नेपालभरी फैलिएको डेंगु भाइरसको सेरोटाइप गर्ने कार्य बाँकी छ | तरयसपाली देखिएको डेंगु पहिला देखिएको डेंगु भन्दा कडा खालकोअनुमान गरिएको छ | डेंगुको सेरोटाइपको नतिजापछि सुक्ष्मविश्लेषण पछी यो रोगको २०१९ को महामारीको बारेमा बिस्तृतअध्ययन र अनुसन्धान गरी भविष्यमा यो रोगको महामारी न्युनिकरणको दिशामा कदम चल्नु पर्ने हुन्छ |

हाल डेंगु रोगको नियन्त्रण नहुनुको प्रमुख कारणहरु

१. जनमानसमा यो रोगको बारेमा, बच्न लिनु पर्ने साबधानीकोबारेमा जानकारी नहुनु

२. डेंगु रोगको भाइरसको डायनामिक्स नबुझी नियन्त्रणको प्रयाश  गर्नु

३. संक्रमित क्षेत्रमा संक्रमित लामखुट्टेको नियन्त्रण नहुनु

४. लगातार पानी पर्नु र खाल्डा खुल्डी मा जम्नु

५. सम्बन्धित क्षेत्रहरुको समन्वय नहुनु

६. यो रोग सामान्यतया देखा नपर्ने ठाउँहरु जस्तै धरान, पोखरा र काठमाडौँमा फैलिनु

 

डेंगु रोगलाइ नियन्त्रण गर्न अपनआउनु पर्ने चार उपायहरु 

१. उच्च ज्वरो , सेतो रक्तकोशिका (WBC) चार हजार भन्दा कम र प्लेटलेट्स एक लाख भन्दा कम भएको अवस्थामा मात्र डेंगुको जांच गरौ |

२. डेंगु देखिएमा आराम गरौं , ज्वरो कम गर्न सिटामोल मात्र सेवन गरौ, WBC र platelets को मात्रा नियमित रुपमा जांच गराऔ |

३. प्लेटलेट्स एक लाख भन्दा कम भएमा, स्वास्थ्य संस्थामा गै चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरौ |

४. सेतो रक्तकोशिका (WBC) चार हजार भन्दा बढी र प्लेटलेट्स एक लाख भन्दा बढी भएर डेंगु रोग लागे पनि आतिनु हुदैन , यो रोग आफै हराएर जाने रोग हो |

के गर्ने के नगर्ने?



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...