संविधान कामना मेरो तिमिलाई

Published Date: September 20, 2019

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

 

 

 

 

 

 

 

 

-सानु कुँवर

संविधान कामना मेरो तिमिलाई
प्रजातन्त्र गणतन्त्र तन्त्रै तन्त्र
लिएर आएथ्यौ नि संविधान
पुर्व मेची पश्चिम काली समेट्न
दिन दु:खिका पीडा व्यथा समेट्न
हात पर्नु पर्ने थियोे त्यस्को तिमी
जस्ले आफ्नो भुखको प्रवाहनगरी
संसार चिन्ने कोशिस गरोस
तिम्रो अनुयायीले
कामना मेरो तिमिलाई

झसङ्ग हुन्छु कहिले
सेतो बिरालोको कालो चाला भएकाले
सहि कार्यन्वयन नगरिदिएर
अनायसै तिमिलाइ आरोपित तुल्याए भने
सहिदहरुको वलिदान
तिम्रो अस्तित्व सङ्कटमा पर्छ कि भनी
तीन करोड वासिन्दाको
प्राथना तिमेले लात हान्छौ कि भनी
हज्जारौ सपुतको रक्त रन्जित संविधान
मलिन हुन नपरोस
कामना मेरो तिमिलाई

तिमी तप्केनी मुनिको खेती नभै
प्रकाश बिनाको अध्यारो नभै
तिमीले हर नेपालिको ओठमा
मुस्कान भरिदिए हुन्थ्यो
अँध्यारो कोठाको पहेल पुर जमरा नभै
लुला लङ्गडाको लठ्ठी अन्धाको प्रकाश
भएर गामवेसिमा छाइदिए हुन्थ्यो
कामना मेरो तिमिलाई

हुन त तिमी शक्तिशाली छौ रे
कतै तिमिलाई कमजोर पार्ने
दुस्साहस गरे कसैले भने
तिम्रो फरक उपस्थितको लागि
ज्यानको आहुति दिन तम्सेका तिम्रा अनुयायी
मरणासन्न अवस्थामा
जीवन गुजारेका हरुले आफ्नो भन्दा
जब तिम्रो दयनिय अवस्था महसुस गर्नेछन
पृथ्वी रुनेछिन धर्ती धिक्कार्ने छिन
तर त्यो दिन तिमिले भोग्न नपरोस
कामना मेरो तिमिलाई

तिम्रो उपस्थित त्यति अनुकुलमा
कहाँ हो र भएको
हज्जारौ कालेहरुका बाउ खोसिए
सयौ जुठेहरुका श्रीमतिका सिन्दुर पुछिए
सयौ जेष्ठ नागरिक बाआमाले
बुढेसकालका सहारा टेक्ने बैसाखी गुमाए
त्यसैले तिमी प्रतिकुल होइन
सदा अनुकुल बनेर झुप्रा छाप्राहरुमा आउ
कामना मेरो तिमिलाइ

जब तिमि आफुमा रहेको पुर्णता
यथार्थमा परिवर्तन हुनेछौ
तब जुठेहरुका श्रीमतिहरु
बाउ खोसिएका कालेहरु
जेष्ठ नागरिकहरु
आफ्ना ती विरको वलिदान सार्थक
महसुस गर्नेछ्न
आफ्ना सन्तानको रगतको खहरे
ज्यानको वलिदान
सार्थक भो भनी
चाउरिएका गाला ओठमा मुस्कान छर्नेछ्न
तिम्रो सुगन्ध यस्तो रहोस
सन्ध्याको रातो रानी
रनबनको मौलासिरी
सयपत्री हजारी बनेर मौलाओस
संविधान कामना मेरो तिमिलाई !!!

तिमी सधै फुले फले नेपालिको मन मनमा
कामना मेरो तिमिलाई !!!



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...