देउखुरीकाे भालुवाङ्गमा सानदार रुपमा मनाइयो, संविधान दिवस

Published Date: September 21, 2019

 

 

 

 

 

 

बिदुर एम सी, असोज ३
भालुवाङ्ग, दाङको देउखुरी भालुवाङ्ग पुल्चोकस्थित शुक्रबार साझ संविधान दिवस सानदार रूपमा मनाइएको छ ।

आशाका किरणहरु नामक सस्थाकाे आयाेजनामा दिवस सम्पन्न भएको हाे ।
प्युठान चाेक, जसलाई शहिद कृष्णसेन इच्छुक चाेक नामाकरण गरिएको छ, मा कार्यक्रम राखिएको थियोे ।
चाेकमा निर्माणाधिन इच्छुकको शालिकनिर भुइँमा सन्तोष आर्ट भालुवाङ्गका प्राेप्राइटर सन्तोष याेगीको नक्साङ्कन र अगुवाइमा नेपालको नक्सा र चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय ध्वजा बनाई त्यसमाथि मैनबत्तीहरु प्रज्वलन गर्दा त्यहाँको वातावरण निकै मनोरम र उल्लासमय बनेको थियो ।

 

 

 

 

 

 

 

कार्यक्रममा बालबालिका, युवायुवती, वृद्धबृध्दा, महिलापुरुष, सुरक्षाकर्मी, पत्रकार, व्यापारी तथा किसान गरि सबै तह र तप्काका जनमानस उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो कार्यक्रमभन्दा पहिले स्थानीय युवाहरुद्वारा सात प्रदेशका नाममा सातवटा नेपालकाे राष्ट्रिय झण्डा गाडिनुका साथै सरसफाइ पनि गरेर पुल्चोकमा चिटिक्क पारिएको थियोे ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...