भालुवाङ्गमा इच्छुक चोक नामाकरण

Published Date: September 23, 2019

बिदुर एम सी, दाङ।
महान सास्कृतिक योद्धा, साहित्यकार एवम् पत्रकार कृष्णसेन इच्छुकको नामबाट भालुवाङ्गको प्युठान चोकलाई , इच्छुकचोक नामाकरण गरिएको छ ।

भालुवाङ्गकाे यही चाेकबाट नै छिमेकी जिल्ला प्युठान, रोल्पा, गुल्मी र अर्घाखाँचीका लागि सवारीसाधनहरु छुटने गर्दछन् ।
एउटा गतिलो कुरा त केभने, त्यसको केही नजिकै अर्घाखाँचीको सातमारामा सहिद इच्छुकको घरबास पर्दछ । जुन बढीमा एक किलोमिटर भन्दा धेरै दूरी छैन ।
यसको नजिकै पारेर महान सहिद कृष्णसेन इच्छुकको शालिक निर्माण गरेर उनकै नाममा चोकको न्वारान गरिनु आफैंमा एउटा गौरवशाली इतिहासको निर्माण गर्नु हो ।

इच्छुकको शालिक निर्माण हुने क्रममा छभने, साथै उनको तस्वीर सहितको , इच्छुकचोक, नामाकरण गरिएको एउटा सानो बोर्ड पनि राखिएको हामी देख्न सक्छौ ।
त्यसको साथै भालुवाङ्गदेखी नजिकै ३ किलोमिटरको दूरीमा इच्छुककै नामबाट इच्छुक स्मृति कृषि सहकारी पनि सञ्चालनमा छ, जसको अध्यक्षमा हाल पुल्चोक निवासी भिमार्जुन सुवेदी छन् ।

तर यति हुदाहुदै पनि इच्छुकको नाममा जे जति कामहरु हुनुपर्ने थियो, ती हुन सकिरहेको अवस्था छैन ।
उनका विचारबाट प्रभावित बनेर राजनीतिक यात्रा शुरु गरेका कैयौं हस्तिहरु शासन सत्तामा पुगे । तर खोला तरेपछी लहुरो बिर्सेजस्तो हुन गएको छ । यो अत्यन्तै दु:खद कुरा हो ।

दाङको देउखुरी भालुवाङ्गमा रहेको प्युठान चोकमा इच्छुकको शालिक बनाएर चोकको नाम इच्छुक चोक कुनै सरकारी पहलबाट नभएर स्थानीय जनस्तरबाट भएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...