एनआरएनए-आइसीसी सचिवमा दीपक ओलीले उम्मेदवारी दिंदै

Published Date: September 28, 2019

गैरआवासीय नेपाली संघ (एनआरएनए -एनसिसी) इजरायलका पूर्व अध्यक्ष, पूर्व एनआरएनए-आइसिसी सदस्य दिपक प्रसाद ओलीले   गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसिसी) को सचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएन इजरायलको अध्यक्ष, दुई कार्यकाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)को सदस्य र  एनआरएनए-एनसीसी इजरायलको बर्तमान कार्यसमितिको संरक्षक समेत रहेका ओलीले  “Let Your Voice Be Heard” भन्ने चुनावी नारा सहितको फ्लाएर सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अक्टुवर १५ देखि १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको नबौं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्दै ओलीले देश विकाशमा यूवाको भुमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा  रहेका नेपालीहरुबाट मुलुकले रेमिटान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै  ओलीले  आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका  तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण  सृजना गर्न हदैसम्मको पहल  गर्ने  प्रतिवद्धता जाहेर गरेका छन् ।

ए-वान नेपाल डट कमसँग कुरा गर्दै ओलीले वर्तमान नेतृत्वले अघि सारेको  एनआरएनको भिजन 2020 एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने प्रतिवद्दता समेत जनाएका छन् । समग्रमा एनआरएनए लाई पूर्ण रुपमा मातृभुमीको हितमा समर्पण गरी सरकारले ल्याएको आर्थिक समृद्दीको यात्रामा सारथी बनेर अगाडि वढ्ने ओलीको भनाई छ ।

नेपाली कामदार सहयोगी मञ्च इजरायलका संस्थापक दिपक ओली २०११ देखि २०१३ सम्म एनआरएनए एनसीसी इजरायलको महासचिव, २०१३ देखि २०१५ सम्म एनआरएनए आइसीसी सदस्य, २०१५ देखि ०१७ सम्म एनआरएनए एनसीसी इजरायल अध्यक्ष, २०१७ देखि २०१९ सम्म एनआरएनए आइसीसी सदस्य पदमा रहेर एनआरएनएको अनुभव संगालेका छन् भने यस विचमा अन्य विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि उनको प्रत्यक्ष वा अप्रत्यक्ष सामाजिक सहभागिता पनि रहदै आइरहेको छ ।

ओलीले इजरायलमा चरण चरणमा  रहेका दुखी गरिव, असहाय बालवालिका,  द्धन्द्धपीडित बालबालिका, भुकम्प पिडित,  बृद्धाश्रम, वालआश्रमहरु तथा विभिन्न किसिमाका प्राकृतिक प्रकोपहरुमा परी घरवार विहिन हुने नेपालीहरुको सहयोगको लागि चलाइने अभियानहरुमा पनि उल्लेख्य आर्थिक तथा भौतिक सहयोग पुर्याउदै आइरहेका छन् ।

सचिव पदका लागि अहिलेसम्म  अमेरिका निवासी गौरीराज जोशी, कतारमा रहेका आरके शर्मा, बेल्जियम निवासी शिवकुमार बरुवाल, लण्डनबाट विनय अधिकारी, अष्ट्रेलियाबाट अभिमानसिंह बस्नेत  र अष्ट्रेलियाकै कृष्ण गिरीले समेत उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...