देउखुरीको भालुवाङ्गमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

Published Date: October 2, 2019

 

बिदुर एम सी, असोज १४,
भालुवाङ्ग, मेलापर्वमा हुनसक्ने सम्भावित अनेक किसिमका दुर्घटनालाई मद्देनजर गरेर दाङको देउखुरी भालुवाङ्ग पुल्चोकस्थित सहिद कृष्णसेन इच्छुक चोकमा ट्राफिक सचेतता कार्यक्रम गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय दाङको आयोजना एवम् इलाका प्रहरी कार्यालय भालुवाङ्ग र अस्थायी ट्राफिक कार्यालय भालुवाङ्गको सहयोगमा मङ्गलवार बिहान सो सचेतना कार्यक्रम गरिएको हो ।

मेलापर्वमा यात्रुहरुको अत्यन्त भिडभाड, जात्रा हुनेभएकोले कोही कसैले पनि जनधनको नोक्सानी र अनावश्यक दुख यातना पाउन नपरोस् , सबै यात्रुलाई सुरक्षित तरिकाले उनीहरूको गन्तव्यमा पुग्न पाउन् भन्ने उद्देश्यका साथ सचेतना जगाउने अभिप्रायले कार्यक्रम अायाेजना गरिएको अस्थायी ट्राफिक कार्यालय भालुवाङ्गका कार्यालय प्रमुख चन्द्र केसीले कार्यक्रममा जानकारी गराए ।

दशैतिहार जस्ता मेलापर्वमा सवारीसाधनहरुमा र बजार चोकमा मानिसहरुको आवागमनमा चाप बढी हुनेहुँदा हुनसक्ने लूटपाट, चाेरीडकैति, होहल्ला र हत्याहिंसालाई निरुत्साहित गर्नका लागि नागरिक र प्रहरी एकापसमा हातेमालो गर्नुपर्नेमा सचेतना कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

राप्ती गाउँपालिका वार्ड न १ का वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न समितिका यातायात ब्यवसायीहरु, सुरक्षाकर्मी, ब्यापारी , बुध्दिजीवी, पत्रकार सहितका अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।
बृध्दबृध्दा, महिला र अशक्त बिरामी अपांगहरुलाई विशेष सहायताको जरुरत पर्नेभएकोले उनीहरूलाई सक्दो सेवा गर्न कार्यक्रमका सहभागीले संबंधित सबैलाई अनुरोध गरेका छन् ।

साथै यातायात क्षेत्रका कर्मचारीहरुले यात्रुलाई अत्यन्तै सहज र शुलभ हिसाबले आफ्ना गन्तव्यमा जान सहयोग गर्नुपर्ने, यात्रुका मालसामान तथा रुपैयाँ पैसाको सुरक्षामा ध्यान दिनुपर्ने जस्ता कुराहरुमा जोड दिइएको थियो ।

साथै कार्यक्रममा यात्रुहरु पनि यात्रामा रहदा आफैं पनि सजग र होशियार रहनुपर्ने कुरामा प्रकाश पारिएको थियोे । यी लगायतका अन्य सेवाहरु नागरिकहरुलाई सजिलोसँग उपलब्ध गराउनका लागि प्युठान जाने इच्छुक चोकमा इप्रका भालुवाङ्ग र अस्थायी ट्राफिक कार्यालय भालुवाङ्गले नागरिक सहायता कक्ष राखिएको पनि कार्यक्रममा जानकारी गराइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...