प्रथम ह्योल्मो चलचित्र “मेतोक” नोभेम्वर १५ तारिख शुक्रबार इजरायलमा प्रदर्शन हुने

Published Date: October 21, 2019

ए1न्यूज इजरायल,

इजरायलमा ह्योल्मो भाषामा निर्मित पहिलो चलचित्र ‘मेतोक’ को प्रदर्शन गरिने भएको छ ।

इजरायलमा रहेका ह्योल्मो समुदायको एक मात्रा साझा संस्था ह्योल्मो समाज इजरायलको आयोजनामा आगामी १५ नोभेम्वर २०१९ शुक्रबार  साँझको ९:०० बजेबाट तेल अभिव स्थित लेबन्दा ३२ को एक हलमा चलचित्र ‘मतोक’ प्रदर्शन गर्ने तयारी गरिएको हो ।

इजरायलमा कार्यरत ‘सर्किनी ज्याबा ह्योल्मो ‘को निर्माण, लामा ठिलेन ह्योल्मोको निर्देशनमा ठिलेन इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा  तयार गरिएको ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथामा आधारित  चलचित्र मेतोकमा  निर्देशक तथा नायक ठिलेन ह्योल्मो र  नायिका ओमु निमा ह्योल्मोको अभियनय रहेको छ ।

नेपाली भाषामा सव टाइटल समेत रहेको ह्योल्मो भाषामा रहेको  उक्त चलचित्र चलचित्र बिकास बोर्ड बाट अनुमति प्राप्त गरि सेन्सर बोर्ड बाट पास भै देश बिदेशमा प्रदर्शनको लागि तयार भैसकेको र नेपालमा गरिएको प्रथम शो मा पनि निकै नै उत्कृस्ट रहेको प्रतिक्रिया पाएको चलचित्र हो ।

प्रदेशमा रहेर पनि आफ्नो आदिवासि भाषा कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने एउटा वलियो माध्यम मध्ये  चलचित्र पनि हो भन्ने  उदाहरण स्वरुप यस चलचित्र प्रदर्शन गर्न लागिएको हो ह्योल्मो समाज इजरायलले बताएको छ ।  यस चलचित्र आदिवासि ह्योल्मो भाषामा रहेको र यसले आदिवासि जनजातिको गौरव बढाउने छ भन्ने अपेक्षा गरिएको छ त्यसैले प्रदेशी भुमि बाट निर्मित चलचित्र मेतोक चलचित्रका टिम लाई हौसला प्रदान स्वरुप इजरायलमा कार्यरत नेपाली समुदाय र आदिवासि जनजाति संघ संस्थाहरु र अभियान्तहरु द्वारा  चलचित्र हेरेर सहयोग पुराउनेमा आफूहरु विश्वस्त रहेको समाजले बताएको छ ।

समाजले इजरायलमा क्रियाशील मिडियाहरुले प्रचार प्रसारमा सहयोग पुर्याई दिनु हुने छ भन्ने ह्योल्मो समाज इजरायल र मेतोक टिम पूर्ण आशावादी रहेको बताउदै नोभेम्बर १५ तारिख शुक्रबार मेतोक चलचित्रको पर्खाइमा रहनु भएका इजरायलमा कार्यरत सम्पूर्ण आम नेपाली समुदायमा छुट्टीको ब्यबस्थापन गर्दै गर्नु हुन विनम्र अनुरोध गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...