युरोप मा कुन देशमा कति बजे टीकाको उत्तम साइत?

Published Date: October 28, 2019

ए वान नेपाल संवाददाता/बेल्जियम

भोलि मंगलबारको दिन देश लगायत देश बाहिर तिहारको मुख्य दिन भाइटीका धुमधाम संग मनाउन गइरहेका छन्। देश बाहिर बस्ने नेपालीहरुको संख्या पनि उत्तिकै रहेको छ।

युरोप भित्र बस्ने नेपालीहरुलाई पनि टीकाको शुभ साईत बारे अनविज्ञ भयको देखिन्छ। यही अनविज्ञ हटाउने कार्य बेल्जियम निवासी सन्तोष न्यौपानेले गरेका छन्।न्यौपाने पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि आवद्ध रहेका छन् भने हाल उनी ज्योतिष विद्या पनि अध्ययन गरिरहेका छन्।

न्यौपानेले दिएको युरोपमा नेपालीहरु बस्दै आएका देशहरूको टीकाको अति शुभ साइतहरु यसप्रकार रहेका छन्।

बेल्जियम:- १२.३०- १.४३
फ्रांस :- १२.३४-१.४८
लक्जेम्बर्ग:- १२.१९-१.३३
जर्मनी:- ११.५०-१.०२
नेदर्ल्यान्ड्स:- १२.२४-१.३६
डेनमार्क:- ११.५३-१.०३
स्वीडेन:- ११.३१-१२.३७
नर्वे:- १२.००-१.०६
स्पेन:- १२.५८-२.१६
पोर्चुगल:- १२.२०-१.३९
हंगेरी:-११.२७-१२.४२
रोमानिया:-११.५९-१.१५
चेक रिपब्लिक:-११.४६-१२.५९
इटली:-११.५३-१.११
इस्टोनिया:-१२.०४-१.१०
पोल्याण्ड:-११.१९-१२.३१
स्विट्जरल्यान्ड:-१२.१९-१.३४
बेलायत:-११.४४-१२.५६



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...