इजरायलमा कृष्ण कंडेल र जेरीको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रम गरिदै

Published Date: November 1, 2019

– ए1न्यूज  इजरायल

चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कंडेल र चर्चित दोहोरी गायिका  बबिता बानिया “जेरी” आगामी फेव्रुवरीमा इजरायल आउने भएका छन्  ।

मन, बचन र कर्मले सेवा गरौ भन्ने अभिप्रायले इजरायल लगायत विश्वका अन्य थुप्रै मुलुकहरुमा समेत क्रियाशिल रहदै आइरहेको परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाईटीटद्वारा पछिल्लो समय लोकप्रेमी नेपालीहरुको मनमुटुको ढुकढुकी, नेपाली मौलिक लोक सांस्कृतिक सन्देसकर्ता,आँसु गायक, प्रेरणादायी र अनुकरणिय सामाजिक अभियन्ता, बरिष्ठ पत्रकार तथा ABC टेलिभिजन मार्फत प्रशारण हुने इन्द्रेणी कार्यक्रमका प्रमुख निर्देशक श्री कृष्ण कंडेल र लोक दोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाट समितिकी प्रवक्ता समेत रहेकी  बबिता बानिया “जेरी”को उपस्थितीमा भ्यालेन्टाइन्स डे  (प्रेम दिवश)को अवसरमा  आर्थिक स्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बाल बालिकाहरुको सहयोगकोलागि भ्यालेन्टाइन विशेष नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

आगामी १४ फेब्रुअरी २०२० शुक्रबार आयोजना गरिने  उक्त कार्यक्रम इजरायलमै पहिलो नमुना सांस्कृतिक कार्यक्रम हुने आयोजक सलोम नेपाल मुभमेन्ट सोसाइटीले बताएको छ ।

आयोजकले कार्यक्रमलाई सफल पार्नहुन सम्पूर्ण इजरायलवासी नेपालीहरु, इजरायलमा क्रियाशिल विभिन्न सामाजिक, धार्मिक, जातिय, राजनैतिक तथा साहित्यिक तथा कलाकारिता विशेष संघ संस्थाहरुमा हार्दिक अनुरोध गरेको छ ।  त्यस्तै आयोजकले नितान्त सामाजिक भावनाबाट ओतप्रोत रहने यस कार्यक्रमलाई अफ्ठ्यारो  पर्ने गरी अन्य कुनै कार्यक्रमहरु नजुधाई दिनुहुन पनि बिनम्र अनुरोध गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...