पोर्चुगलमा परराष्ट्र र यातायात विभागको छाप किर्ते गरेर कागजपत्र बनाइँदै,वाणिज्य दूतावासको लापरवाही

Published Date: November 1, 2019

 

ए वान संवाददाता/पोर्चुगल

पोर्चुगलको राजधानी लिस्वनमा नेपाल परराष्ट्र मन्त्रालय र यातायात ब्यबस्था विभागको छाप किर्ते गरेर कागजपत्र बनाउने गरेको खुलासा भएको छ। धादिङ घर भई पोर्चुगल बस्दै आएका एक नेपालीले उक्त कागजपत्र प्रमाणितको लागि वाणिज्य दूतावासमा जादा यो घटना खुलासा भएको हो।

प्रमाणीकरण गर्नका लागि नेपालको सवारी साधन अनुमति पत्रको विस्तृत कागजपत्र उक्त व्यक्तिले लगेका थिए।जसमा उक्त कागज पत्र 24 अगस्ट 2019 मा बनाइएको लेखिएको छ। परराष्ट्रको प्रमाणीकरण पनि उक्त दिनकै रहेको देखाइएको छ। 24 अगस्ट का दिन शनिवार परेको छ।शनिवार नेपालका सबै सरकारी कार्यालयहरू बन्द हुने गर्दछन्। अर्कोतर्फ प्रमाणीकरण न• कन्सुलर को अनलाइन अभिलेखमा भेटिदैन। जसले कागजपत्र पुरै किर्ते छाप तयार गरेर बनाइएको प्रस्ट देखिन्छ।

त्यस्तै गरेर उक्त कागजपत्रमा लाइसेन्सको जारी मिति र सिधिने मिति बीच कुनै तालमेल मिल्दैन। जसमा 10 वर्ष को समयसीमा देखिन्छ।28 डिसेम्बर 2010मा बनेको लाइसेन्स 27 डिसेम्बर 2020 मा सिद्धिने लेखिएको छ।जुन पुरै नक्कली भन्ने थप प्रस्ट हुन्छ।

यसै क्रममा उक्त व्यक्तिको लाइसेन्स न र जन्म मिति हालेर चेक गर्दा यातायात ब्यबस्था विभागको अनलाईन अभिलेखले लाइसेंस 28 डिसेम्बर 2015 मा बनेको देखाएको छ।अर्थात् उक्त दिनदेखि लाइसेन्स सुचारु भएको छ। यातायात ब्यबस्था विभागको छाप पनि पूर्ण किर्ते देखिन्छ।

अनलाइन पोर्टल हाम्रा कुरा डट कम का अनुसार पोर्चुगलका लागि वाणिज्य दूत मकर हमाल ले दैनिक 2/4 ओटा नक्कली छाप भयको कागजपत्र प्रमाणीकरण का लागि आउने गरेको स्वीकार गरेका छन्। त्यस्तै गरेर कर्मचारी मोहन वहादुर थापाले पनि धेरै जसो कागजपत्रमा नेपाल सरकारको विभिन्न निकाय र परराष्ट्र मन्त्रालय कन्सुलर शाखाको नक्कली छाप प्रयोग भयको कागज पत्र प्रमाणीकरण का लागि आउने गरेको बताए।

कर्मचारी थापा र वाणिज्य दुत हमाल दुवै यो घटना बाट बेखर नरहेको देखाउछ। अर्थात् यो सबै कार्य सबैको मिलोमतोमा हुने गरेको उनीहरूको भनाइ बाट पनि प्रस्ट हुन्छ। जसले गर्दा लिस्बन स्थित वाणिज्य दूतावासमा कती सम्म लापरवाही हुन्छ भन्ने प्रमाणित गरिदिएको छ।

यसै क्रममा परराष्ट्र मन्त्रालयकै कन्सुलर शाखा का कर्मचारीलाई हामीले सम्पर्क गर्दा उनले मन्त्रालयमा एउटा उजुरी पठाउनु पर्ने र सिधै नेपाल प्रहरीलाई उजुरी दिनुपर्ने बताए।उनका अनुसार सबै अनुसन्धान नेपाल प्रहरी ले गरेर काम कारबाही अगाडि बढाउनेछ।

उक्त कागज पत्र बाहिरिए पछि पोर्चुगलबाट परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी ,पोर्चुगल अध्यागमन र दिल्ली स्थित दूतावासमा उजुरी परेको छ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...