सन्तोषी भण्डारीको अध्यक्षतामा इनास अष्ट्रिया गठन

७३ औ शाखा अन्तर्गत इनास अष्ट्रिया

Published Date: November 19, 2019

ए वान न्यूज अष्ट्रिया शुभद्रा भण्डारी,

युरोपको मुटुमा रहेको अत्यन्तै रमणिय तथा पर्यटकिय देश अष्ट्रियामा रहेर विभिन्न क्षेत्रमा आफ्नो कला, शिप तथा प्रतिभा प्रस्तुत गर्दै आईरहेका नेपालीहरूको सहभागितामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास- International Nepalese Artist Society ) अष्ट्रिया गठन गरिएको छ ।
संस्था स्थापनाको दौरान अष्ट्रियामा रहेर विभिन्न क्षेत्रका नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुसंग छलफल, सरसल्लाह तथा सहकार्य गर्दै आउनुभएकी श्रीमती सन्तोषी भण्डारीलाई सर्वसम्मतवाट संस्थापक अध्यक्ष चयन गरिएको छ भने सो कमिटीका सदस्यहरूमा राजन कुमार श्रेष्ठ, प्रदिप ढुंगाना, सम्झना वोहोरा, शुभद्रा भण्डारी, शिला अधिकारी, नविन कार्की, गिता (पुमा) राई, महेन्द्र लिम्वु, श्वेता वज्राचार्य, सुरज थापा, शेखर लामा र पुनम पौडेललाई चुनिएको छ ।

मातृभूमी नेपाल तथा विश्वभर छरिएर रहेका विभिन्न विधाका कलाकारहरूको संगठन इनास अष्ट्रियाले स्थापनाको दौरानमै एक विदेशी महिलाले नेपालको संस्कृती झल्किने पोषाकमा फोटोसुटको लागि गरेको अनुरोध स्विकार्दै नेपाली पहिचान झल्किने फोटोसुटमा सहभागी भई विभिन्न देशका पहिरनहरूसंग नेपालीको पहिरन पनि समावेश गराई नेपाल र नेपालीको परिचय फराकिलो वनाउन थप मद्दत गरेको छ ।

अष्ट्रियामा रहेका अन्य विभिन्न संघसंस्थाहरूसंग हातेमालो गर्दै, विभिन्न देशहरूमा ‘इनास’ले आयोजना गर्ने विभिन्न विधाहरूमा, अष्ट्रियावासी नेपालीहरूमा भएका कला, शिप तथा प्रतिभालाई सहभागी गराउदै अगाडि वढ्ने दृढताका साथ इनास ग्लोबलको उद्देश्य अनुरुप नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने कार्यमा इनास अष्ट्रिया सधै अग्रसर रहने संकल्प समेत गरिएको छ ।

करिब सात वर्ष पहिले मात्रै स्थापना भएको कलाकारहरूको संस्थाले विश्वव्यापीरुपमा विस्तार हुने क्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रिया त्रिहत्तरौ (७३) शाखाको रूपमा गठन भएको हो ।

हालै मात्रै ऐतिहासिक रुपमा नेपालमा छैठौं इनास फिल्म अवार्ड सम्पन्न गरेको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...