बेल्जियम राजदूतावासद्वारा सिमा अतिक्रमणको विरोध-पत्र वुझ्न अस्विकार

Published Date: December 9, 2019

सन्तोष न्यौपाने, बेल्जियम

बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले सीमा अतिक्रमणको विरोध गर्दै लेखिएको ज्ञापन पत्र वुझ्न अस्विकार गरेका छन् । नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमले दुतावास मार्फत नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय लाई पठाउन लागिएको ज्ञापन पत्र लिन इन्कार गरेका हुन्। मोर्चा लगायत वैचारिक संघ संस्थाले नेपाली दूतावास मार्फत नेपाल सरकार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जादा इन्कार गरेपछि नेपाल सरकारको थप आलोचना भएको छ।

बेल्जियममा केही समय अगाडि नेपालीहरुले भारतीय दूतावास अगाडि गएर सीमा अतिक्रमणको विरोध गरे। विभिन्न नाराहरू द्वारा उनिहरुले विरोध प्रदर्शन गरेका थिए। विरोध कार्यक्रमको मुख्य आयोजक विप्लव निकट मानिएको नेपाली जन प्रगतिशील मोर्चा बेल्जियम रहेको थियो।

मोर्चाले आज सोमवारका दिन नेपाली दूतावास ब्रसेल्समा ज्ञापन पत्र राजदूत लोक बहादुर थापालाई बुझाउने समय निर्धारण गरेको थियो। समय बिहान ११ बजेको दिइएको थियो। यो समय राजदूत आफैले मोर्चाका कार्यकर्ताहरुलाई दिएका थिए। जसमा बेल्जियम स्थित विभिन्न वैचारिक संघसंस्थाका प्रतिनिधि उपस्थित हुने निश्चित भएको थियो। तर अचानक राजदूत थापाले उक्त ज्ञापन पत्र नलिने तर छलफल गर्न सकिने भनेर सूचना दिए। त्यसपछि बबण्डर सुरु भयो।

राजदूत थापाको यो कार्यप्रति मोर्चाले प्रेस विज्ञप्ति जारी गरेर घोर भत्र्सना गरेको छ। प्रेस विज्ञप्ति मार्फत मोर्चाले आफूहरु सबै स्तब्ध बनेको जनाएको छ। ” नेपाल सरकारको र मातहतको यो कुटनैतिक नियोगको यो अलोकतान्त्रिक तथा गैर जिम्मेवारी कार्यको हामी घोर भर्त्सना गर्दछौं।” विज्ञप्तिमा अगाडि भनिएको छ “राजदूत लोक बहादुर थापाले आफ्नो गैर जिम्मेवारीपूर्ण कार्यशैली सच्याउन आग्रह गर्दछौ।”

राजदूत थापाको यो कार्यको विरोधमा बेल्जियममा रहेका अन्य वैचारिक संघसंस्थाका हरुले पनि विरोध विज्ञप्ति निकाल्ने तयारी गरेको जनाएका छन्।उनिहरुले राजदूत थापाको यो शैलीले राष्ट्रियता माथि धक्का पुग्ने काम गरेको पनि बताएका छन्। यो कार्यको सामाजिक सञ्जालमा विरोध गरिएको छ।

ज्ञापन पत्रको पूर्ण अंश :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...