इनास अष्ट्रियाको समुद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा

विभिन्न देशबाट ग्लोवल इनास सम्वद्द पदाधिकारीहरु अष्ट्रिया आउदै

Published Date: January 2, 2020

ए वान न्यूज अष्ट्रिया,

मातृभूमी नेपाल तथा विश्वभर छरिएर रहेका साहित्य तथा कलाका विभिन्न  विधाका पारखीहरूको छाता संगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अष्ट्रियाको आयोजनामा यही जनवरी ५ मा हुन गईरहेको संस्थाको समुद्घाटन तथा भिजिट नेपाल 2020 प्रवर्धन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

इनास अष्ट्रियाले दिएको जानकारी अनुसार, कार्यक्रममा इनास ग्लोवल कमिटी अध्यक्ष, महासचिव, युरोप संयोजक, युरोप उपसंयोजक लगायतका पदाधिकारीहरूको विभिन्न देशहरूवाट उपस्थिती रहनेछ भने नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्येश्य रहेकोले उल्लेख्य अष्ट्रियन नागरिकहरूको समेत उपस्थिती रहने बताइएको छ  ।
अष्ट्रियामा रहेका स्थानिय नेपाली कलाकारहरूको बेजोड प्रस्तुती  तथा उक्त  कार्यक्रमका दौरान भिजिट नेपाल २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले नेपालको प्राकृतिक सौन्दर्यता, विभिन्न सांस्कृतिक महत्व दर्शाउने मनमोहक दृष्यहरु सहितको भिडियो श्रव्य दृष्यको प्रस्तुती  रहनेछ   ।
इनास अष्ट्रियाले अष्ट्रियामा रहेका समस्त नेपालीहरू तथा नेपाललाई माया गर्ने अष्ट्रियन नागरिकहरूलाई कार्यक्रममा उपस्थितीको लागि  हार्दिक आमन्त्रण  गरेको छ ।
कार्यक्रम निम्न मिती, स्थान र समयमा तय गरिएको छ ।

मिती– 5. जनवरी ( आईतवार), 2020
स्थान– Pfarre Inzersdorf-Neustift
Don-Bosco-Gasse 14, 1230 Wien
समय- दिनको १ वजेवाट ६ वजेसम्म



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...