ईनास अष्ट्रियाको समुद्घाटन तथा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम भव्यरूपमा सम्पन्न

इनास अष्ट्रियाले गर्यो भिजिट नेपाल ट्वान्टी ट्वान्टी प्रवर्धन

Published Date: January 6, 2020

एवान न्यूज, अष्ट्रिया

भियना, अष्ट्रिया ५ जनवरी,

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अष्ट्रियाको समुदघाटन तथा भिजिट नेपाल ट्वान्टी ट्वान्टी लक्षित कार्यक्रम अष्ट्रियाको भियनामा भव्यरुपमा सम्पन्न भएको छ । विश्वभरि छरिएर रहेका नेपाली कला तथा साहित्य प्रेमी नेपालीहरुको साझा सस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को ७३ औ शाखाको रुपमा ईनास अष्ट्रिया गठन भएको थियो ।

आइतवार अष्ट्रियाको भियना स्थित सम्पन्न भएको समुदघाटन समारोहको पुर्व सन्ध्यामा इनास अष्ट्रियाका कार्यसमिती तथा केन्द्रिय प्रतिनिधीले इनास ग्लोवल अध्यक्ष कमला दाहालवाट सपथ ग्रहण गरेका थिए। सपथ ग्रहण लगत्तै शुरुभएको औपचारिक कार्यक्रममा इनास अष्ट्रियाकी अध्यक्ष तथा कार्यक्रम सभापती सन्तोषी भण्डारी (स्याण्डी), कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास भियनाका काउन्सिलर तथा उपनियोग प्रमुख अम्वर वहादुर कार्की र विशेष अतिथी इनास ग्लोवलकी अध्यक्ष कमला दाहालले इनास अष्ट्रियाको व्यानर ओपन तथा पानसमा दिप प्रज्वलन गरी विधिवतरूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा उपस्थित अन्य अतिथि तथा बिशेष अतिथिहरुमा नेपाली राजदुतावास भियनाका द्वितिय सचिव धनन्जय मेहता ईनास ग्लोवल सल्लाहकार तथा अभियन्ता मित्र लाल पार्दे, महासचिव मनिश कुमार श्रेष्ट, युरोप संयोजक अध्यक्ष शन्त कुमार थापा मगर,सह-संयोजक प्रकाश तिवारी, इनास यु के अध्यक्ष विनोद चिपालु, इनास पोल्याण्डका उपाध्यक्ष कृष्ण भण्डारी, इनास अष्ट्रियाका संस्थापक संरक्षक आन्द्रेयास रेन्नेर,  एनआरएनए अष्ट्रियाका संस्थापक अध्यक्ष शुभ राणा, एनआरएनए अष्ट्रियाका वरिष्ठ उपाध्यक्ष विकाश कार्की, नेसास अष्ट्रियाका अध्यक्ष रमेश खड्का, जनजाती महासंघ अष्ट्रियाका अध्यक्ष दविन लामा, ईनास अष्ट्रियाका केन्द्रिय प्रतिनिधी शेखर लामा थोकर, स्पोर्ट क्लव भियना सगरमाथाका अध्यक्ष मानफ्रेड आईनराईटर लगायत रहेका थिए।

नेपाली तथा अष्ट्रीयन नागरिकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा अष्ट्रियन नागरिकहरूका लागि तथा भिजिट नेपाल ट्वान्टी ट्वान्टी प्रवर्धनलाई समेत मध्यनजर गर्दै नेपाली तथा जर्मन भाषामा कार्यक्रमको उदघोषण गरिएको थियो भने भिजिट नेपाल ट्वान्टी ट्वान्टी लक्षित पोस्टर तथा भिडियो सामग्री, गित संगीत तथा शुभकामना मन्तव्य जर्मनी भाषामा प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली तथा अष्ट्रियन राष्ट्रिय गान समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि श्री अम्बर बहादुर कार्की, ईनास ग्लोवलका सल्लाहकार तथा अभियन्ता मित्रलाल पार्दे, अध्यक्ष कमला दाहाल, महासचिव मनिष श्रेष्ठ तथा युरोप संयोजक सन्त कुमार थापा मगर, ईनास अष्ट्रियाका संरक्षक अष्ट्रीयन नागरिक आन्द्रेयास रेन्नेर तथा नेसास अष्ट्रियाका अध्यक्ष रमेश खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा ईनास ग्लोबलका महासचिव तथा अभिनेता मनिष श्रेष्ठले  शुभकामना मन्तव्यकै क्रममा ईनास अष्ट्रियालाई मायाको चिनो प्रदान गर्दै आफ्नो लेखन तथा अभिनय रहेको चलचित्र त्युमतिको प्रदर्शन अधिकार सुम्पदै त्यसबाट आर्जन भएको सम्पूर्ण नाफा रकम ईनास अष्ट्रियाको कोषमा राख्ने अनुमति दिनुभएको छ ।

कार्यक्रमलाई थप मनोरन्जन पूर्ण बनाउनका लागि बिभिन्न स्थानीय कलाकारहरु कंचन वोहोरा, वेला खड्का, निपुन लामा, दिव्या ढकाल, लरिसा तामाङ , रूपक शाहिसमुदा, नविन कार्की, कुन्जन वोहोरा, पुनम पौडेल, शेखर लामा थोकर, सुरज थापा लगायतले गित तथा नृत्य प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रमलाई सफल वनाउन इनास अष्ट्रियाका सम्पुर्ण पदाधिकारीहरू, बिदेशी पाहुनाहरु, सम्पूर्ण शुभचिन्तकहरू तथा कार्यक्रम भव्य र सभ्य वनाउन प्रत्यक्ष तथा अप्रतक्ष भूमिका निर्वाह गर्ने सम्पुर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै इनास अष्ट्रियाका अध्यक्ष तथा कार्यक्रमका सभापती श्रीमती सन्तोषी भण्डारी (स्याण्डी) ले ईनास अष्ट्रिया सम्पूर्ण अष्ट्रियावासी नेपालीहरूको साझा घर रहेको बताउनुभएको थियो। यसरी सम्पन्न कार्यक्रमको संचालन नेपाली भाषामा शुभद्रा भण्डारी र जर्मनी भाषामा सम्झना बोहराले गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित  नेपाली तथा विदेशी पाहुनाहरूले  कार्यक्रम अत्यन्तै मनोरन्जनपूर्ण, रोचक तथा शन्देशमूलक रहेको प्रतिकृया दिदै इनास अष्ट्रियालाई शुभकामना दिएका थिए ।

 

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...