हिन्दु जागरण अभियान इजरायलले दैनिक रूपमा स्वस्थानी व्रतकथा वाचन गर्दै

१४ फब्रुअरीमा सांग्य गरिने ।

Published Date: January 8, 2020

ए1न्यूज इजरायल

मुलुकमा मौलिक धर्महरुमाथि आयातित धर्महरुबाट हस्तक्षेप बढ्दै गएपछि त्यसलाई रोक्ने प्रयास स्वरुप थालिएको महाअभियान हिन्दु जागारण नेपालको शाखाको रुपमा  इजरायलमा रहेका नेपालीहरूविच थालिएको हिन्दु जागरण नेपाल अभियान   इजरायलले गएका बर्षहरु जस्तै यसबर्ष पनि दैनिक श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने भएको छ  ।

हिन्दु जागरण नेपाल अभियान   इजरायलले आगामी  १० जनवरी २०२० शुक्रवारदेखि हरेक दिन  वेलुकी  नौ वजेको समयमा  श्री स्वस्थानी ब्रतकथा वाचन गर्ने कार्यक्रम तय गरेको छ । दैनिक रूपमा वाचन गरिने श्री स्वस्थानी व्रतकथा प . श्री भिम प्रसाद पौडेल र प. गुरु शिशिर खनालज्यूको मुखार्विन्दवाट वाचन गरिने आयोजक कमिटीले जनाएको छ ।  अभियानले उक्त श्री स्वस्थानी ब्रतकथा प्रवचनमा सहभागिता जनाउन इजरायल तथा अन्य मुलुकहरुमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अऩुरोध गरेको छ ।

विदेशी भुमीमा कर्म गरिरहेका समस्त नेपालीहरूलाई  ध्यानमा राख्दै हिन्दु जागरण नेपाल अभियान इजरायलले अनलाइनमा स्काईप आईडी hindu.israel1 मार्फत लाइभ स्वस्थानी सुन्न सकिने व्यवस्था मिलाएको नेपाल इजरायल डट नेटलाई जानकारी गराएको छ ।
त्यस्तै अभियानले श्री  स्वस्थानी ब्रतकथाको समापन (साङ्ग्य) को समय व्यवहारिक रुपमा नमिल्ने भएकाले आगामी १४ फेव्रुअरी शुक्रवार तेलअभिवमा सांग्य कार्यक्रम गर्ने तय गरेको छ ।    तेलअभिवको एउटा हलमा धार्मिक वातावरणमा श्री  स्वस्थानी ब्रतकथाको समापन (सांग्य) वृहत धार्मिक बातावरणमा  गरिने भएको छ । अभियानले उक्त कार्यक्रममा उपस्थित भई  भजन ,कृतन लगायत विविध धार्मिक गतिविधीहरूमा सामेल हुनुको साथै प्रसाद ग्रहण गरी  धार्मिक लाभ लिनुहुन समस्त इजरालवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

आफ्नो  मौलिक धर्म,संस्कृती र परम्पराको संरक्षण गर्नु नै एक सच्चा नेपाली नागरिकको आजको आवश्यकता र कर्तव्य  महशुस गर्दै  हिन्दु जागरण नेपाल अभियानले  विभिन्न देशहरूमा रहेका नेपालीहरूलाई समेटेर अनलाईन मार्फत दैनिकरूपमा  विविध  धार्मिक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ भने यसका अलावा वेलावेलामा विविध धार्मिक गतिविधीहरू  गरी  आफ्ना मौलिक धर्महरुको जगेर्ना गर्ने कोसिस गर्दै आईरहेको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...