इजरायलमा पहिलो पटक राष्ट्रिय कलाकारहरुको उपस्थितीमा माघे सक्रान्ती पर्व मनाइदै

टंक वुथाथोकी र मनोज थापामगर आउदै

Published Date: January 13, 2020

एनआइ न्यूज इजरायल,

नेपाल मगर संघ इजरायलले मगर जातिको विशेष सांस्कृतिक पर्व तथा राष्ट्रिय पर्वको रुपमा रहि आएको सांकृतिक पर्व माघे-सक्रान्ति पर्व नेपालबाट राष्ट्रिय कलाकारहरुको उपस्थितीमा भव्य रुपमा मनाउने तयारी गरेको छ ।

मगर सँघ इजरायलले  हाहगना मार्ग १३५ बेत वार्बर  हल तेलअभिवमा चर्चित गायककारद्वय टंक वुढाथोकी र  मनोज थापा मगरको जोडदार सांगितिक कोशेलीहरुका विच औपचारिक  कार्यक्रम गर्दै माघे सक्रान्ति पर्व  भब्य रुपमा मनाउने भएको हो ।

१७ जनवरी शुक्रवार साँझ ८ बजेदेखि शुरु हुने उक्त कार्यक्रममा आयोजकले  उपस्थितीकोलागि सम्पूर्ण इजरायलबासी मगर तथा गैर-मगर दाजु-भाइ, दिदीबहिनी, साली-भेना, सोल्टा-सोल्टिनीहरुलाई  उपस्थितिको लागि  हार्दिक निमन्त्रणा  गरेको छ ।

विशेष सांस्कृतिक नृत्यहरुको समेत प्रस्तुति रहने माघे संक्रान्ति साँझ २०७६ मा उपस्थितीकोलागि नेपाल मगर संघ इजरायलले सम्पूर्ण इजरायलबासी नेपालीहरु, मगर दाजुभाई तथा दिदिवबहिनीहरुमा निम्न मिति स्थान र समयमा उपस्थितिको लागि  हार्दिक आमन्त्रणा  गरेको छ ।

ज्योतिषशास्त्र अनुसार सौर तिथिका हिसाबले माघ १ गते देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुदा यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।  मुलुकभर नदी,  दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदैछ । थारु समुदायले यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् भने मगर समुदायले यो पर्वलाई विशेष सांस्कृतिक पर्वको रुपमा भव्यताकासाथ मनाउने गर्दछन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...