हिन्दु जागरण इजरायलद्वारा १४ फेव्रुवरी श्री स्वस्थानी सांग्य तथा महाशिवरात्रीको कार्यक्रम गर्दै

Published Date: January 22, 2020

“धर्म द्वारा समाजको रुपान्तरण, धर्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्थापना गरिएको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले तेलअभिवमा कार्यक्रमकोआयोजना गरी श्री स्वस्थानी ब्रतकथा समापन (साँग्य) तथा महा-शिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । श्री स्वस्थानी ब्रतकथाको समापन (साङ्ग्य) को समय व्यवहारिक रुपमा विदाको समयमा नमिल्ने देखिएकाले यस बर्ष पनि गएका बर्षहरु जस्तै इजरायलमा रहेका नेपालीहरुको विदाको समय पारेर एकै पटक सांग्य तथा शिवरात्रीको अवसर पारी फेव्रुअरी १४  शुक्रवार धार्मिक वातावरणमा श्री स्वस्थानी ब्रतकथाको समापन तथा महाशिवरात्रीको अवसरमा धार्मिक कार्यक्रम गरिने भएको हो ।

 

बैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा रहेर आ-आफ्नो कामको बाबजुत पनि हिन्दुत्व संरक्षण गर्दै नेपालको मैलिक धर्म संस्कार र संस्कृति संरक्षणको जगेर्ना गर्ने उद्देश्य स्वरूप संचालित हिन्दु जागरण नेपाल अभियान इजरायलले  वलसोन 66, हार्चियोनको एक हलमा भव्य रुपमा पुजा अर्चना गरि पर्व मनाउने जनाएको छ ।

आफ्नो मौलिक धर्म,संस्कृती र परम्पराको संरक्षण गर्नु नै एक सच्चा नेपाली नागरिकको आजको आवश्यकता र कर्तव्य महशुस गर्दै हिन्दु जागरण नेपाल अभियानले विभिन्न देशहरूमा रहेका नेपालीहरूलाई समेटेर अनलाईन मार्फत दैनिकरूपमा विविध धार्मिक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ भने यसका अलावा वेलावेलामा विविध धार्मिक गतिविधीहरू गरी आफ्ना मौलिक धर्महरुको जगेर्ना गर्ने कोसिस गर्दै आईरहेको छ । यस्तै हिन्दु जागरण नेपाल अभियान इजरायलले हरेक वर्ष जस्तै यस बर्ष पनि स्काईप कन्फरेन्स मार्फत एक महिने श्री स्वस्थानी महिमा श्रद्धेय गुरु श्री भिम प्रसाद पौडेल र गुरु शिशिर खनालको मुखारबिन्दु बाट वाचन गरिदै आएको पनि जानकारी गराएको छ । धार्मिक दृस्टीकोणले निकै नै श्रद्दा र बिश्वास राखिने सो एक महिने कथा बाचन पश्चात परम्परा तथा मौलिक धर्म जगेर्ना स्वरूप समापन कार्य अत्यावश्यक रहेकोले सो समापन कार्य जरुरी रहेको आयोजकले बताए ।

साँझको 5 बजे सुरु भएर रातिको ११:३० सम्म सकिने सो कार्यक्रमको पहिलो चरणमा शिवरात्री पुजा तथा स्वस्थानी साङ्गे समापन कार्यक्रम र दोस्रो चरणमा मिठा-मिठा धार्मिक भजन तथा केहि धार्मिक नृत्यहरु रहने जनाइएको छ । अभियानले उक्त कार्यक्रममा उपस्थित भई भजन, कृतन लगायत विविध धार्मिक गतिविधीहरूमा सामेल हुनुको साथै प्रसाद ग्रहण गरी धार्मिक लाभ लिनुहुन समस्त इजरालवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...