नयाँ बर्षमा एनआरएनए इजरायलको निमन्त्रणामा डा. महाविर पुन इजरायल आउदै

अभियानमा सहयोग गर्न अपिल

Published Date: February 27, 2020

एनआइन्यूज, इजरायल

राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापक नेपाली बैज्ञानिक डा. महाविर पुन इजरायल आउने भएका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले नयाँ बर्ष २०७७ को अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान-प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन डा. पुन इजरायल आउन लागेका हुन् ।

Image may contain: 1 person, smiling, text

एनआरएनएनए-एनसिसी इजरायलले १७ अप्रिल २०२० शुक्रवार यसोदामाला मार्ग ३८, तेलअभिवमा डा. पुनसँगको विशेष अन्तरक्रिया सहित नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी थालेको छ भने सोही कार्यक्रम मार्फत संघले संचालन गरिरहेको आविस्कार केन्द्र सहयोग अभियान मार्फत संकलित सहयोग रकमको पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका प्रवक्ता भोजराज क्षेत्रीले बताए ।

क्षेत्रीले देशको लागि केही गरौं भन्ने दृढ संकल्पका साथ आफ्नो जायजेथा समेत बेचेर आविस्कार केन्द्रको स्थापना गर्नुभएका डा. महाविर पुनको महानतालाई सम्पूर्ण नेपालीहरुले अनुशरण गर्नुपर्ने बताउदै उनको यस महान कार्यमा हातमा हात मिलाएर सहयोग गर्न अनुरोध गरे ।

आयोजकले केन्द्रलाई सहयोग गर्नेलाई केन्द्रको प्रमाणपत्र प्रदान गर्ने बताएको छ भने सहयोग गर्ने संघ संस्थाहरुलाई विशेष सम्मान सहित प्रमाणपत्र प्रदान गर्ने योजना रहेको बताएको छ । त्यस्तै आयोजकले डा. महाविर पुन जस्तो प्रतिभावान व्यक्तित्वसँग साक्षात्कार भेट गरी आविस्कार केन्द्रले अगाडि वढाएका परियोजनाहरु, भावी कार्य योजनाहरु लगायतका विषयमा अन्तरक्रिया गर्ने अवसर नगुमाउन हुन सम्पूर्ण इजरायलवासी नेपाली दिदी वहिनी तथा दाजुभाईहरु, सम्पूर्ण संघ संस्थाहरु, मिडियाकर्मीहरु लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।

‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कार ले चिनिने ‘रोमन मेग्सय्सय अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सुसज्जित राष्ट्रका ज्वजल्यमान नक्षत्र डा. पुनलाई नेपालका वाएरलेस नेटवर्किङका पिता समेत भन्ने गरिन्छ । उनले नयाँ-नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी

सन २०१९ मा राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरी समुन्नत राष्ट्र निर्माणकोलागि ईटा थप्ने काम गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...