युरोपको अष्ट्रियामा कोरोना प्रभाव

अष्ट्रिया सरकारद्वारा जारी सुचना तथा आदेशहरू

Published Date: March 16, 2020

ए वान न्यूज अष्ट्रिया,

कोरोना भाईरस को प्रभावले एसिया, अमेरिका मात्र होईन  सिंगो युरोपलाई नै च्यालेन्ज गरेको छ । गत २४ घण्टामा मात्र छिमेकी राष्ट्र इटलीमा ३६८ जनाको मृत्यु भएको खवरसंगै अष्ट्रियाले आफ्ना नागरिकहरूको सुरक्षाको लागि कडाईका साथ केही नियमहरू लागु गरेको छ । जुन यसप्रकार रहेका छन् ।
1, हजुरवुवा, हजुरआमासंग केही समयको लागि भेटघाट वन्द ।
2, कसैसंग भेट हुदा हात नमिलाउने तथा अंकमाल नगर्ने ।
3, अनावश्यक रूपमा पारिवारिक तथा अन्य जमघट नगर्ने ( ५ जनाभन्दा वढी जमघट नगर्ने ) सवैले घरमै क्वारेन्टाईन वस्ने ।
4, सार्वजनिक रूपमा आयोजित सम्पुर्ण कार्यक्रमहरू रद्द ।
5, अति आवश्यक काम भन्दा वाहेक घर वाहिर नजाने ।
6, खानेकुराहरूको सपिङ जादा एकदमै छोटो समय लिने ।
7, पूर्वतय गरिएका यात्रहरू सवै रद्द गर्ने ।
8, अति आवश्यक भएमा दुई मिटरको दुरी परवाट मात्र कुराकानी या भेटघाट गर्ने ।
9, नियमित सावुन पानीले हात धुने, एन्टिसेप्टिकको प्रयोग गर्ने ।
10, संभव भएमा अफिसको काम घरैवाट गर्ने ।
11,पसल, रेष्टुरेन्ट, कफि हाउस, कपाल काट्ने ठाउ, स्कुल, हिउ खेल्ने क्षेत्र सवै वन्द गरिएको छ ।अति आवश्यक ठाँउहरूमा एकदमै कम कर्मचारीहरू काममा छन् ।
12, मानव जिवनमा अति आवश्यक पर्ने क्लिनिक, अस्पताल, सुपरमार्केट,वैक र पशु आहार पसलहरू खुल्ला रहनेछन् । हवाई यात्राहरूको व्यापक कटौती गरिएको छ ।
13, कसैलाई कोरोना सम्वन्धि लक्षण देखिएमा या शंका लागेमा 1450 मा कल गर्ने, घरमै एम्वुलेन्स आएर रिसिभ गर्ने व्यावस्था छ ।
अहिलेसम्म अष्ट्रियामा 1,018 जनामा कोरोना पोजेटिभ देखिएको छ भने दुई जनाको मृत्यु भईसकेको छ ।
माथी उल्लेखित केही वुधाहरूको कसैले उलंघन गरेमा ३५०० युरो सम्म जरिवाना लाग्ने कुरा आजको पत्रिकामा जनाईएको छ भने कोरोना भाईरसको कारण सार्वजनिक सवारी साधनहरू लगायत भिडभाड हुने व्यस्त क्षेत्रहरू समेत सुनसान रहेका छन् ।अन्य छिमेकी देशहरूसंगको आवाज जावात हुने सिमा क्षेत्रहरूमा व्यापक कडाईका साथ प्रतिवन्ध लगाईएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...