प्रवासी सृजनशिल महिला समूह इजरायलको अध्यक्षमा निर्मला दाहाल पौडेल

३५ सदस्यिय कार्यसमिति चयन

Published Date: March 23, 2020

ए1न्यूज इजरायल,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले  २० मार्च २०२० मा गरिने भनिएको प्रवासी सृजनशील महिला समुहको चौथो बार्षिक उत्सव तथा अधिबेशन कार्यक्रम प्रेस बिज्ञप्ती मार्फत यहाहरु सबैलाई जानकारी गराएको सर्वबिदितै छ  । यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै १८ मार्च २०२० मा समुहको चौथो बार्षिक उत्सव तथा अधिबेशन बिशेष कार्यक्रमलाइ, समुहका सल्लाहकार सहित अनलाइन बाट नै कार्यक्रम सम्पन्न भएको छ ! निबर्तमान सचिब साबू भट्टराई ले संचालन गरेको उक्त कार्यक्रममा ,प्रवासी सृजनशील महिला समुह इजरायलकी सस्थापक तथा निबर्तमान अधक्ष्य श्रीमती माला योञ्जन तामांग ज्युले सभापतित्व गर्नु भएको थियो । त्यसैगरी समुहका सल्लाहकार तथा चुनाव समिति संयोजक श्री जय प्रसाद ओडारी ज्यु प्रमुख अथिति रहनु भएको थियो ।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त औपचारिक कार्यक्रममा समुहका सम्पूर्ण सदस्यहरुको उपस्थित रहेको थियो ।
समुहकी उपाध्यक्ष्य श्रीमती कल्पना न्यौपाने ज्युले स्वागत मन्तब्य दिनु भएको थियो भने सदस्य पवित्रा बजगाई ज्युले स्वागत गीत गाएर कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनु भएको थियो ।
त्यसैगरी सस्थापक तथा निबर्तमान कोषाधक्ष्य पवित्रा चापागाई ज्यु ले प्रवासी सृजनशील महिला समुह इजरायलको आर्थिक तथा सामाजिक गतिबिधि प्रस्तुत गर्नु भएको थियो ।
त्यसपछि अधक्ष्य माला योञ्जन तामांग ज्यु ले पुरानो कार्यसमिति बिघटन गर्नु भए लगतै ,संस्थापक सचिब श्रीमती निर्मला दाहाल पौडेल ज्युको नेतृत्वमा सर्वसहमति बाट पारित नामावली कार्यक्रमका प्रमुख अथिति तथा चुनाव समिति संयोजक श्री जय प्रसाद ओडारी ज्यु ले पढेर सुनाउनुका साथै सम्पूर्ण नया कार्यसमिति टीमलाई सपथ ग्रहण समेत गराउनु भएको थियो ।
यसै कार्यक्रमबाट समुहका विभागीय प्रमुख ज्युहरुको पनि चयन गरिएको थियो ।
सपथ ग्रहण लिए पछि समुहकी नव निर्बाचित अध्यक्ष श्रीमती निर्मला दाहाल पौडेल ज्युले धन्यबाद मन्तब्य राख्नु भएको थियो साथै समुहकी सदस्य सन्तोष कुमारी खड्का ज्युले मिठो गीत गाएर कार्यक्रमलाई रौनकता प्रदान गर्नु भएको थियो !
यसरि अन्लाइन बाट सब्य र भव्यताका साथ् कार्यक्रम सम्पन्न भएको मा कार्यब्यस्तताको बाबजुद उपस्थित सम्पूर्ण लाइ हार्दिक धन्यबाद सहित नवनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिदै सभापति माला योजन तामांग ज्युले कार्यक्रमको समापन गर्नु भएको थियो ।

पुनश्च :   प्रवासी सृजनशील महिला समुह इजरायल को स्थापना काल देखि तेश्रो बर्ष सम्म झापा दमकका मात्र दिदीबहिनीहरु को सहभागिता रहेको थियो तर  चौथो बर्ष प्रवेश गरे संगै अहिले इजरायलमा कार्यरत इच्छुक नेपाली दिदीबहिनीहरुलाई समुहमा प्रवेश गराइएको समुहले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...