आफ्नो जमीन वाँझो राख्नेलाई दण्ड जरिवाना लगाउनु पर्दछ-माधव ढुंगेल

Published Date: March 24, 2020
माधव ढुंगेल

कृषि मन्त्रीले केहि दिन अगाडी पत्रकार सम्मेलन गरेर  सन्देश प्रवाह गर्नु भएको छ राष्ट्रीय युवा परिषदका निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल सो सम्वन्धमा  जनताले परिणामको महसूस गरून् भन्ने शुभकामना दिदै सम्वन्धित निकायको थप ध्यानाकर्षण  गराउने हेतुले भुँमी व्यवस्था र कृषि उत्पादनका क्षेत्रमा सहयोगी फिडव्याकको रुपमा केहि  विचार व्यक्त्त गर्नु भएको छ ।

१ . भूँमी स्थीर हुन्छ जसलाई चाहेर पनि विस्तार गर्न सकिदैन
२. मानवीय आवस्यकताका अर्गानीक वस्तु सवै जमिनवाट उत्पादन भएका हुन्छन् ।
३. मानवको प्रयासवाट यसलाई उर्भर वनाउन र अधिकतम उपयोग गर्न चाहिँ सकिन्छ ।
४. मानवीय जीवन र भूँमीको अन्तरसम्बन्धवाट जन्मीएका राजनीतिक विचारहरुले संसारमा सिंगो मानव जगतलाई विभाजित गरिरहेको हुन्छ ।
५. नेपालको सन्दर्भमा: जमीनको सम्बन्ध कृषि उत्पादनसँग र कृषि उत्पादनको प्रभाववाट आर्थिक समृद्धि र स्वास्थ जीवन समाजवाद निर्माणका मुख्य आधार हुन भनेर भन्न सकिन्छ ।
६. नेपालमा संसारको आखा तान्न सक्ने पर्यटकीय क्षेत्र समेटीएको हिमाल त छ तर एक गावो जमिन पनि मरुभूँमी छैन ।
७. कृषिको उर्भर भूँमी भएको देशले कृषि जन्म माल आयात गरेर मात्र वाच्नुले देश र जनताको योग्यता सावित हुन सक्दैन
त्यसैले:
क. तिनै तहका सरकार र राजनीतिक पार्टीहरुले कृषिमा आ त्मनिर्भरताको राष्ट्रिय अभियान घोषणा गर्नु पर्दछ ।
ख. कृषि उत्पादनमा उत्प्रेरित गर्दै उत्पादन राहत घोषणा गरिनु पर्दछ ।
ग. आफ्नो जमीन वाँझो राख्नेलाई दण्ड जरिवाना लगाउनु पर्दछ ।
घ. उत्पादमा आफ्नो जमीनको उपयोग गर्न नसक्नेहरुका लागि विभिन्न अवसनको माैका सहितको विकल्प छोडिदिनु पर्दछ ।
१. न्युनतम मूल्य तोकेर सरकारले किनि दिनसक्ने व्यवस्था गरिनु पर्दछ ।
२. न्युनतम ३० वर्षको लागि सरकारको योजनामा उत्पादनको अनुमति लिनसक्ने व्यवस्था गरिनु पर्दछ ।
३. भूँमीका मालिकहरु मिलेर न्युनतम ५०० रोपनी जग्गामा कुनै पनि कृषि उत्पादनको पकेट क्षेत्रको स्किममा प्रस्ताव अाएमा साझेदारीमा जान सक्ने नीतिगत व्यवस्था गरिनु पर्दछ ।
४. उत्पादन प्लटींगको लागि पुर्वाधार निर्माणमा सरकारको सहयोगको व्यवस्था गरिनु पर्दछ ।
डं. सरकारद्वारा वजारीकरणको लागि समन्वय र प्राविधिक व्यवस्थापन लागि सहजीकरण गरिदिनु पर्दछ ।
च. उत्पादनको प्रोत्साहन र वार्गेनिंग शक्ति वढाउनु पर्छ त्यसका लागि ठाउँ ठाउँमा चिस्यानकेन्द्रहरु स्थापनामा सरकारको सहकार्य र सहजीकरणको नीति अवलम्बन गरिनु पर्दछ ।
यस्तो गरियो भने:
१. एक वर्षमै कृषि उत्पादनको रेसियो ठूलो मात्रामा वृद्धि हुन्छ ।
२. कृषिको माध्यमवाट राष्ट्रिय आम्दानीमा वढोत्तरी हुन्छ र राष्ट्रिय पूँजीको विकास हुन्छ ।
३. केही वर्षमै कृषि जन्य मालको निर्यातको यात्रा प्रारम्भ हुन सक्दछ ।
आ नुस मिलेर अघि वढाैं देश हामीले वनाउने हो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...